• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चर्चित संगितकार महेशले म्युजिक भिडियो निर्देशकसंग दोस्रो विवाह

    १२ कात्तिक, काठमाडौ । चर्चित संगीतकार महेश खड्काले दोश्रो बिवाह गरेका छन् । म्यूजिक भिडियो निर्देशक मिनाक्षी कोईरालासँग रहस्यमा रहेको खड्काको प्रेमसम्बन्ध अन्तत : बिहेमा परिणत भएको हो । संगितकार महेशले घरमा श्रीमती र एक छोरा हुँदाहुँदै यसै बर्षको विजयादशमीको टिकाको दिनमा बिहे गरेका हुन् ।
    महेश र मिनाक्षी पाँच बर्षयता प्रेममा थिए । समाजमा खुलेर प्रेम नगरेता पनि मिनाक्षी खड्काको परिवारसँग समेत नजिक थिइन् । उनि समय–समयमा महेशको घरमा गईराख्ने गरेको बताईएको छ । मंसिरमा बिवाहको योजना बनाएका उनिहरु सम्बन्ध बारेमा हल्ला चल्न थालेपछि हतारमा बिहे गरेका हुन् । महेशको काकाको घरमा विधी पूर्वक उनीहरुले बिहे गरेका थिए । मिनाक्षीले बिराटनगर जाने काम छ भनि घरबाट निस्केकी थिइन् । मिनाक्षीले अझैसम्म घरमा बिहे भएको कुरा नबताएको बताईएको छ । दोश्रो बिहे गर्ने आफु पहिलो सेलिब्रेटी नभएको बताउने खड्का पहिलो श्रीमतीसँग खासै राम्रो सम्बन्ध नभएको बताईन्छ । मिनाक्षी र महेश मिलेर ‘एम के’ नामक कम्पनी पनि खोलेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.