• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • टिभि च्यानलमा अमिताभ र सलमानलाई उछिन्दै कमेडिका कपिल नम्बर १ मा

    भारतको लोकप्रिय च्यानल कलर्सबाट प्रशारित हुँदै आएको रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’को टीआरपी सबैभन्दा माथि रहेको एक सर्वेक्षणले देखाएको छ । कपिल शर्माले संचालन गर्ने यो कमेडी शोले अमिताभ बच्चनले चलाउदै आएको ‘कौन बनेगा महाकरोडपती’ र सलमान खानले संचालन गर्दै आएको ‘बीग बोस’लाई समेत उछिनेको छ ।भारतमा सबैभन्दा लोकप्रिय च्यानलको रुपमा स्टार प्लस देखिएको छ । उत्कृष्ट १० रियालिटी शोमा ‘कमेडी नाइट्स विथ कपिल’ सबैभन्दा अघि छ । यसपछि अमिताभ बच्चनले चलाउँदै आएको ‘कौन बनेगा महाकरोडपती’ देखिएको छ । सलमान खानले संचालन गर्ने ‘बीग बोस’ तेस्रो स्थानमा रहेको भारतिय चचिर्त अनलाइन पत्रिका द टाइम्स अफ इण्डियाले जनाएको छ । हरेक शनिबार र आइतबार प्रशारण हुँदै आएको ‘कमेडी नाइट्स विथ कपिल’ अब भने आइतबार मात्र प्रशारण हुनेछ । यो अनलाइनका अनुसार गत हप्ता भन्दा यो हप्ता भारतका चचिर्त मनोरञ्जन च्यानल हेर्ने दर्शक संख्या केही कमजोर छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.