• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मोड्लिङमा व्यास्त प्रेम

    प्रकाशित मिति : मिति २०७० – मंसिर – ६ गते विहिबार बेलुकि १० :४० बजे
    विशाल चौतारी सम्वाददाता
    काठमाडौ, मंसिर ६ ।  ‘सानै देखि एउटा हिरो बन्छु भन्दापनि एउटा राम्रो कलाकार बन्छु’ भन्ने चाहना बोकेर अगाडि बढिरहेका मोडल प्रेम भारती पछिल्लो समयमा मोड्लिङमा व्यास्त रहेका छन् । करिव ३ वर्ष अगाडिदेखि मोड्लिङ सुरु गरेका मोडल प्रेमले अहिले सम्म करिव एक दर्जन म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् ।केहि वर्ष अगाडि भएको को बन्छ कलाकारमा टप १५ सम्म पुग्न सफल कलाकार प्रेमले अहिलेका चर्चित पाश्र्वगायिका रजिना रिमालको ‘मनको राजा’ नामक गितमा मोड्लिङ गरेका थिए । त्यसपछि संगितकार तथा गायक रमेश श्रेष्ठको ‘मैले माया’ बोलको गितमापनि मोड्लिङ गरेका छन् । एनटिभि प्लसबाट प्रशारण हुने ‘कुरा अर्के छ’ सिरियलमापनि प्रेम व्यास्त रहेका छन् ।
    छोटो समयमा नै मोडल प्रेमले नेपालि चलचित्रमापनि काम गरिसकेका छन् । ऋषि नौपानेद्धरा निर्देशित चलचित्र ‘ब्रमा’बाट डेव्यु गरेका प्रेमले राज शाक्यको निर्देशन तथा उज्जल मानन्धरको निर्माणमा बनिरहेको चलचित्र ‘धमवति’मापनि काम गरिरहेको बताएका छन् ।

    new nepali song Maile maya 2013 

    २–४ वटा र्‍याम्पमा समेत हिडेका प्रेमले सानो छदादेखिनै अभिनय गर्ने गरेको बताए । सानै उमेरमा सडक नाटकहरु खेलेर धेरै पुरस्कारहरु पाउने गरेको बताए । मोड्लिङ क्षेत्रलाई नै व्यावसायिक बनाउन खोजिरहेका प्रेम तन, मन दिएर कलाकारीतामा छिरेकाले आफु एकदिन सफल भएरै छाड्ने बताए ।
    अभिनेता राजेश हमालको फ्यान बताउने नव अभिनेता प्रेमले अभिनेता राजेश हमाल चलचित्रमा मात्र महाअभिनेता नभएर वास्तविक जिवनमापनि हिरो नै रहेको बताए । सामाजमा केहि परिवर्तन आउने किसिमको चलचित्रहरु आफुलाई खेल्ने इच्छा रहेको बताए । चलचित्रमा जस्तोसुकै स्टन्टहरु गर्नपनि तयार रहेको बताउने प्रेमलाई जोखिमपुर्ण अभिनयहरु गर्ने चाहना रहेको बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.