• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘सारङ्गी सम्राट’ जंगबहादुर गन्धर्वको निधन,

    नेपाली गीतसंगीतलाई अपूरणीय क्षति : श्रेष्ठ
    काठमाडौं, १२ मंसिर । ‘सारङ्गी सम्राट’ जंगबहादुर गन्धर्वको ६३ बर्षको उमेरमा निधन भएको छ । राजधानीका ९५ प्रतिशत रेकर्डिङ स्टुडियोहरुमा सारङ्गी बजाउँदै आएका गन्धर्वको निमोनियाका कारण मंगलबार काठमाडौंमा निधन भएको हो । लामो समय देखि निमोनियाका साथै मिर्गौला रोगबाट पीडित गन्धर्वले पाटन, स्टार, काठमाडौं मेडिकल कलेजलगायतका अस्पतालहरुमा उपचार गराएका थिए ।
    उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको संगीतकार सन्तोष श्रेष्ठले जानकारी दिए । मिर्गौलाको डायलशिस गर्ने क्रममा उपचार हुन नसके पछि उनको निधन भएको हो । सारङ्गी राम्रो बनाउने गरे पछि उनलाई विभिन्न संघ संस्थाले ‘सारङ्गी सम्राट’को उपाधिसहित विभिन्न पुरस्कार समेत दिएका छन् । दाङ जिल्ला नारायणपुर गाविसको खैरा गाउँका स्थायी बासिन्दा गन्धर्वका श्रीमति, दुई छोरा र दुई छोरी छन् । गन्धर्वका आफन्तहरु थापागाउँस्थित किरिया पुत्री घरमा धार्मिक कार्यमा छन् । गन्धर्वको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको थियो ।
    सारङ्गी बजाउँदा मौलिक संगीत दिन सक्ने गन्धर्वको निधनबाट नेपाली गीत संगीतलाई ठूलो क्षति पुगेको श्रेष्ठले बताए । ‘राजधानीका ९५ प्रतिशत रेकर्डिङ स्टुडियोहरुमा उहाँले नै सारङ्गी बजाउने गर्नु हुन्थ्यो,’ उनले भने, ‘मैले जंगबहादुर गन्धर्वको क्षतिपूर्ति संभव देखेको छैन ।’
    दाङको सामान्य गाउँबाट राजधानी प्रवेश गरेका गन्धर्वलाई गीत संगीतको क्षेत्रमा नचिन्ने सायदै होलान् । ‘शालिन र मृदुभाषी जंगबहादुर गन्धर्व सारङ्गगी भने पछि हुरुक्कै हुन्थे,’ संगीतकार श्रेष्ठले भने, ‘उहाँलाई नेपाली गीत संगीतले सधैं सम्झिरहने छ ।’
    अनामनगरस्थित अलंकार रेकर्डिङ स्टुडियोका सञ्चालक राजेश क्षेत्र पनि आफ्नो स्टुडियोमा सधै जंगबहादुर गन्धर्वले नै सारङ्गी बजाउने गरेको स्मरण गरे । ‘जंगबहादुर गन्धर्वले जस्तो सारङ्गी कसैले बजाउन सक्दैन,’ उनले भने, ‘त्यसैले सधैं मैले जंगबहादुर दाईलाई नै बोलाउने गर्थे ।’

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.