• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ओशिका ‘मिस इन्टरकन्टिनेन्टल’का लागि अन्तिम तयारीपछि जर्मनीतिर

    बिशाल चौतारी डटकम
    काठमाडौं, १२ मंसिर । आगामी १४ डिसेम्बरमा जर्मनीको म्याडगेबर्गस्थित मारिटिम होटलमा हुने ४२ औं ‘मिस इन्टरकन्टिनेन्टल २०१३’मा नेपालको तर्फबाट ओशिका न्यौपाने सहभागी गर्दैछिन् । त्यसका लागि ओशिका आउँदो शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् ।प्रतियोगितामा नेपाल लगायत विश्वका ५८ मुलुकका सुन्दरीवीच प्रतिस्पर्धा हुने छ । यो प्रतियोगितामा नेपालले पहिलोपटक सहभागी जनाउन लागेको हो । मिस युनिभर्स हुनुअघि भारतीय अभिनेन्नी लारा दत्ताले मिस इन्टरकन्टिनेन्टलको उपाधि चुमेकी थिइन् ।
    इप्लानेटको आयोजनामा सम्पन्न ‘मिस इन्टरनेसनल नेपाल–२०१३’ प्रतियोगिताको मुख्य उपाधि जितेपछि ओशिकाले ‘मिस इन्टरकन्टिनेन्टल–२०१३’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी हुन् । यो प्रतियोगिताका लागि जर्मनी जानुपूर्व ओशिकाले कोरियोग्राफर रोजिन शाक्यबाट ग्रुमिङ कक्षा लिएकी थिइन् । यस बाहेक उनले ओएस्टर जिमबाट फिटनेस सम्बन्धी, सुरेश केसी र डाली खनालबाट डाइनिङ एटिकेट्स सम्बन्धी र गल्र्स ब्युटी पार्लरकी ओसाका मुल्मीबाट मेकअपसम्बन्धी तालिम लिएकी छन् ।
    मिस इन्टरकन्टिनेन्टलका लागि ओशिकाका लागि डिजाइर विश्व गौतमले इभिनिङ गाउन तथा कार्यक्रमका लागि आवश्यक अन्य पहिरन तयार पारेका छन भने वेस्ट नेसनल कस्ट्युमको पहिरन भने डिजाइनर उत्तम बनेपालीले तयार पारेका हुन् । ओशिका लागि ढाकाको केही पहिरन डिजाइनर समा बानुले तथा इभिनिङ गाउन दिपा क्रियसनकी दिपाले उपलब्ध गराएकी छन् । २० वर्षीया ओशिका पौडी, भ्रमण तथा नृत्यमा रुचि राख्छिन् । नयाँबानेश्वर निवासी ओशिकाले पर्सनालिटी विधाको अवार्डसहित ‘मिस इन्टरनेसनल नेपाल २०१३’ को ताज जितेकी थिइन् । उनले त्यसअघि २०११ मा ‘एन्जेल २०११’ को उपाधि विजेता थिइन् । उपाधि जितेमा नेपाल र नेपालीको शिर उचो हुने प्रतियोगिताका नेपाल निर्देशक सापकोटाले बताए । पछिल्लो संस्करणको ‘मिसेस नेपाल’ सहित एकै स्टेजमा ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेशनल’ र ‘मिस इन्टरनेशनल’ प्रतियोगिता गरिएको थियो भने यस बर्ष २०१४ को लागि पनि आबेदन फारम वितरण शुरु गरिसकेको छ यो बर्ष इ प्लानेटले फेब्रुअरि महिनाको चार शनिबार चार प्रतियोगिता ‘लिटिल मिस युनिभर्स नेपाल’, ‘मिस टिन युनिभर्स नेपाल’  ‘मिस इन्टरनेशनल’ र ‘मिसेस युनिभर्स नेपाल’ को आयोजना गर्दै छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.