• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अमिताभले फेरी हलिउड मुभिमा ब्राड पिट र जोनि डेपसंग कामगर्ने

    मुम्बई : बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको पछिल्लो समयमा हलिउडमापनि माग बढिरहेको छ । २०१३ मा हलिउड मुभि बेज लर्मम्यानको फिल्म ‘दि ग्रेट ग्याट्सबी’मा टाईटानिक अभिनेता लियोनार्दो डि क्याप्रियोसंग काम गरेका थिए ।
    फिल्म ‘दि ग्रेट ग्याट्सबी’मा अभिनेता अमिताभको एक महत्वपुर्ण भुमिका थियो र उनको एक्टिङकोपनि तारीफ भएको थियो । यस्तै क्रममा २०१४मा पनि अभिनेता अमिताभ बच्चन पुन: हलिउड मुभिमा अभिनेता ब्राड पिट र अर्का अभिनेता जोनि डेपसंग काम गर्ने भएका छन् । जानकारी अनुसार अभिनेता अमिताभले कामगर्ने फिल्मको नाम ‘शान्ताराम’ रहेको छ । र यस फिल्मका निर्मातासंग अभिनेता अमिताभसं कुराकानीपनि भईसकेको छ । फिल्ममा अभिनेता अमिताभको रोलका नाम कादर भाई रहनेपनि पक्का भईसकेको छ । लेखक जार्जरी डेविट रोर्बट्सको सेमी अटोबायोग्राफिकल नोवलमा बनिरहेको यस फिल्ममा अष्ट्रेलियादेखी भाग्ने क्रममा उनको यात्रा मुम्बईमा अण्डरवल्डमा आएर स्टोरी सकीेने बताइएको छ ।
    वार्नर ब्रदर्सको यस फिल्मको निर्देशन कान्स अवार्ड विजेता गार्थ डेविसले गर्ने बताइएको छ । भने फिल्ममा अभिनेता ब्राड पिट र जोनि डेप को–प्रोड्युसर रहेका छन् । (एजेन्सि)

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.