• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • तमू गुरुङ संचारकर्मी संघले पाच जनालाई पत्रकारीता पुरस्का दिने

    विशाल चौतारी समाचार
    काठमाडौ, १९ मंसिर ।
    गुरुङ पत्रकारहरुको साझा संस्था तमू (गुरुङ) संचारकर्मी संघले पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । गुरुङहरुको महान पर्व ल्होछारको अवसरमा उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । पाचजनालाई प्रदान गरिने पत्रकारीता पुरस्कारमा तीनजनालाई पत्रकारीता प्रोत्साहन पुरस्कार र दुईजनालाई जनालाई पत्रकारीता पुरस्कार प्रदान गर्न लागिएको हो ।
    उक्त पुरस्कार पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार दुईजनालाई जनही १० हजार एक रुपैंया प्रदान गरिनेछ भने सुश्री भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार जनही पाच हजार रुपैंया दुईजनालाई र सीआई टेकबहादुर गुरुङ तथा श्रीमती रसकुमारी गुरुङ पत्रकारिता प्रोत्साहन पुरस्कार एकजनालाई प्रदान गरिने भएको छ । जसमध्ये पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ तथा श्रीमती कमला गुरुङ पत्रकारिता पुरस्कार एकजना गैर तमुलाई प्रदान गरिनेछ ।
    पत्रकारीता क्षेत्रमा गुरुङ पत्रकारहरुलाई प्रोत्साहित गर्न र पत्रकारीता क्षेत्रमा गुरुङ युवाहरुको आकर्षण बढाउन र गुरुङ समुदायको वास्तविक कला संस्कृति र पहिचानलाई प्रस्फुटन गराउन उक्त पुरस्कार प्रदान गर्न लागिएको तमू (गुरुङ) संचारकर्मी संघ ले जनाएको छ ।
    watch this vidio 

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.