दोस्रो मिस राई सुन्दरीहरु
काठमाडौ, ६ पुस । दोस्रो मिस राई २०७० मा सहभागि भएका राई समुदायका सुन्दरीहरु टुडिखेलामा भएको साकेलामा उपस्थिती जनाएका थिए ।
किराती नयां वर्ष यलेदोङ ५०७४ को अवसरमा यहि माघ १ गते किरात राई मौलिक कला संस्कृति केन्द्रले दोस्रो संस्करण अन्तर्गत मिस राई २०७० प्रतियोगिता आयोजना गर्दैछ । गत वर्ष सम्पन्न पहिलो मिस राई प्रतियोगितामा ओखलढुंगाका युमा राईले ताज जित्न सफल भएकी थिईन ।
मिस राई २०७० मा सहभागी हुनका लागि राई युवतिहरु कम्तीमा एसएलसी उत्तीर्ण, १६ वर्षदेखी २५ वर्ष भित्रका, अविवाहित तथा कम्तीमा उचाई ५ फिट हुनुपर्ने आयोजकले बताएको छ । पहिलो अडिसन पूर्वाञ्चलका लागि दमक मंसीर २३ गते र दोस्रो अडिसन काठमाण्डौ मंसीर २७ गते आयोजना हुनेछन् । उक्त कार्यक्रमको फाईनल माघ १ गते शनिवार राष्ट्िरय नाचघर जमलमा हुने बताइएको छ ।विजेता मिस राईलाई प्रमाणपत्र, नगद पचास हजार रुपैया सहित मिस राई अवार्ड गरिनेछ भने किरात राई समुदायमा तिन चुलाको मुख्य भूमिका रहने हुंदा प्रतियोगिताको पहिलो (बंशज चुलो), दोस्रो(कुटुम्व चुलो) र तेस्रो (समाज चुलो) रनरअपलाई प्रमाणपत्र, नगद क्रमश २०–२० हजार रुपैया रकम सहित तिन चुलाको आधारमा अवार्डहरु वितरण गरिनेछन् । अन्य विशेष टाईटलहरुमा किरात दर्शन अनुसार मिस फोटोजेनीक(निनाम्मा), मिस डिसीप्लिन(हेन्खामा), मिस ट्यालेन्ट(सुम्दिमा), मिस फ्रेन्डसीप(बाखाम्मा), मिस बेस्ट ड्रेस(सारुमा), भ्युअर च्वाइस अवार्ड(तायामा) र मिस पर्सनालीटी(खियामा) रहनेछन् ।
किरात विद्यान ब्यक्तित्वहरुबाट पनि विशेष रुपमा जातिय पहिचानका बारेमा प्रशिक्षणको व्यवस्था गरिएको आयोजकले बताएको छ । किरात भूमि ऐतिहासीक धरोहरको पदयात्रा संगै जातिय भेषभुषाका, भाषा, धर्म र संस्कृतिका बारेमा प्रशिक्षण प्रदान गरिनेपनि बताइएको छ । तस्बिरहरु : विशाल राई







watch this video bisal chautari youtube
किराती नयां वर्ष यलेदोङ ५०७४ को अवसरमा यहि माघ १ गते किरात राई मौलिक कला संस्कृति केन्द्रले दोस्रो संस्करण अन्तर्गत मिस राई २०७० प्रतियोगिता आयोजना गर्दैछ । गत वर्ष सम्पन्न पहिलो मिस राई प्रतियोगितामा ओखलढुंगाका युमा राईले ताज जित्न सफल भएकी थिईन ।मिस राई २०७० मा सहभागी हुनका लागि राई युवतिहरु कम्तीमा एसएलसी उत्तीर्ण, १६ वर्षदेखी २५ वर्ष भित्रका, अविवाहित तथा कम्तीमा उचाई ५ फिट हुनुपर्ने आयोजकले बताएको छ । पहिलो अडिसन पूर्वाञ्चलका लागि दमक मंसीर २३ गते र दोस्रो अडिसन काठमाण्डौ मंसीर २७ गते आयोजना हुनेछन् । उक्त कार्यक्रमको फाईनल माघ १ गते शनिवार राष्ट्िरय नाचघर जमलमा हुने बताइएको छ ।विजेता मिस राईलाई प्रमाणपत्र, नगद पचास हजार रुपैया सहित मिस राई अवार्ड गरिनेछ भने किरात राई समुदायमा तिन चुलाको मुख्य भूमिका रहने हुंदा प्रतियोगिताको पहिलो (बंशज चुलो), दोस्रो(कुटुम्व चुलो) र तेस्रो (समाज चुलो) रनरअपलाई प्रमाणपत्र, नगद क्रमश २०–२० हजार रुपैया रकम सहित तिन चुलाको आधारमा अवार्डहरु वितरण गरिनेछन् । अन्य विशेष टाईटलहरुमा किरात दर्शन अनुसार मिस फोटोजेनीक(निनाम्मा), मिस डिसीप्लिन(हेन्खामा), मिस ट्यालेन्ट(सुम्दिमा), मिस फ्रेन्डसीप(बाखाम्मा), मिस बेस्ट ड्रेस(सारुमा), भ्युअर च्वाइस अवार्ड(तायामा) र मिस पर्सनालीटी(खियामा) रहनेछन् ।

किरात विद्यान ब्यक्तित्वहरुबाट पनि विशेष रुपमा जातिय पहिचानका बारेमा प्रशिक्षणको व्यवस्था गरिएको आयोजकले बताएको छ । किरात भूमि ऐतिहासीक धरोहरको पदयात्रा संगै जातिय भेषभुषाका, भाषा, धर्म र संस्कृतिका बारेमा प्रशिक्षण प्रदान गरिनेपनि बताइएको छ । तस्बिरहरु : विशाल राई








watch this video bisal chautari youtube


0 comments
Write Down Your Responses