केकीले एचआईभी संक्रमित बालबालिकासंग ‘बितेका पल’ हेर्ने (फोटो फिचर सहित)
विशाल चौतारी समाचार
काठमाडौं, ७ पुस । ‘बितेका पल’ अभिनेत्री केकी अधिकारी पछिल्लो समयमा जति चलचित्रहरुमा अभिनय गर्नमा व्यास्त देखिन्छिन्, त्यति नै मात्रामा उनी सामाजिक कामहरुमापनि देखिन थालेकी छिन् । यस्तै क्रममा अभिनेत्री शनिबार केकी राजधानीस्थित नयाँबजारमा एचआईभी संक्रमित बालबालिकासँग देखिइन् । अभिनेत्री केकीले सफलता एचआइभी शिक्षा सदनमा आश्रित १७ जना संक्रमित बालबालिकालाई आफू अभिनीत चलचित्र ‘वितेका पल’ देखाउने प्रतिवद्धतासमेत जनाइन् ।.jpg)
मानवता संरक्षण मञ्चको आयोजनामा ‘एचआईभी संक्रमित राहत कोष’ स्थापनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेकी अभिनेत्री केकीले प्रदर्शनको पहिलो दिन बालबालिकासँगै ‘वितेका पल’ हेर्ने बाचा गरे । आयोजक मानवता संरक्षण मञ्चले उपलब्ध गराएको जाडोका लताकपडासमेत अभिनेत्री केकीले बालबालिकाहरुलाई बाँडिन् । निकै समय तिनै बालबालिकाहरुसंग गफिईन्पनि । चलचित्रकी अभिनेत्रीसँग तस्बिर खिचाउन पाउँदा संक्रमित बालबालिकाहरु हर्सित देखिन्थे । साथसाथमा अभिनेत्री केकीले ‘वितेका पल’ संगै हेर्ने भनेपछि ति बालबालिकाहरु पुस २६ को पर्खाईमा रहेका छन् । सुरज सुब्बा नाल्बो निर्देशित सो चलचित्र २६ पुसदेखि एकसाथ देशभरबाट प्रदर्शनमा आउँदैछ ।.jpg)
मानवता संरक्षण मञ्चका अध्यक्ष तथा गायक हेमन्त मोत्तानले एचआईभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि कोष स्थापना गरेको बताए । कीतिपुरस्थित भत्केको पाटीमा रहेको सफलता एचआईभी शिक्षा सदनमा यी १७ संक्रमित बालबालिकाहरु अध्ययनरत रहेका छन् । उनीहरुलाई राजकुमार पुनले संरक्षण दिँदै आएका छन् । दाङ र डोल्पाबाट ल्याइएका ती संक्रमित बालबालिका अधिकांसका बाबुआमा छैनन् । शिक्षा सदनका अध्यक्ष पुनका अनुसार सबै बालबालिका संक्रमित बाबुआमाबाट जन्मिएका हुन् । उनीहरुका बाबुआमाले संक्रमणबाटै ज्यान गुमाइसकेका छन् ।
(फोटो फिचर सहित)
.jpg)

.jpg)
.jpg)
watch this bisal chautari youtube video
काठमाडौं, ७ पुस । ‘बितेका पल’ अभिनेत्री केकी अधिकारी पछिल्लो समयमा जति चलचित्रहरुमा अभिनय गर्नमा व्यास्त देखिन्छिन्, त्यति नै मात्रामा उनी सामाजिक कामहरुमापनि देखिन थालेकी छिन् । यस्तै क्रममा अभिनेत्री शनिबार केकी राजधानीस्थित नयाँबजारमा एचआईभी संक्रमित बालबालिकासँग देखिइन् । अभिनेत्री केकीले सफलता एचआइभी शिक्षा सदनमा आश्रित १७ जना संक्रमित बालबालिकालाई आफू अभिनीत चलचित्र ‘वितेका पल’ देखाउने प्रतिवद्धतासमेत जनाइन् ।
.jpg)
मानवता संरक्षण मञ्चको आयोजनामा ‘एचआईभी संक्रमित राहत कोष’ स्थापनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेकी अभिनेत्री केकीले प्रदर्शनको पहिलो दिन बालबालिकासँगै ‘वितेका पल’ हेर्ने बाचा गरे । आयोजक मानवता संरक्षण मञ्चले उपलब्ध गराएको जाडोका लताकपडासमेत अभिनेत्री केकीले बालबालिकाहरुलाई बाँडिन् । निकै समय तिनै बालबालिकाहरुसंग गफिईन्पनि । चलचित्रकी अभिनेत्रीसँग तस्बिर खिचाउन पाउँदा संक्रमित बालबालिकाहरु हर्सित देखिन्थे । साथसाथमा अभिनेत्री केकीले ‘वितेका पल’ संगै हेर्ने भनेपछि ति बालबालिकाहरु पुस २६ को पर्खाईमा रहेका छन् । सुरज सुब्बा नाल्बो निर्देशित सो चलचित्र २६ पुसदेखि एकसाथ देशभरबाट प्रदर्शनमा आउँदैछ ।
.jpg)
मानवता संरक्षण मञ्चका अध्यक्ष तथा गायक हेमन्त मोत्तानले एचआईभी संक्रमित बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि कोष स्थापना गरेको बताए । कीतिपुरस्थित भत्केको पाटीमा रहेको सफलता एचआईभी शिक्षा सदनमा यी १७ संक्रमित बालबालिकाहरु अध्ययनरत रहेका छन् । उनीहरुलाई राजकुमार पुनले संरक्षण दिँदै आएका छन् । दाङ र डोल्पाबाट ल्याइएका ती संक्रमित बालबालिका अधिकांसका बाबुआमा छैनन् । शिक्षा सदनका अध्यक्ष पुनका अनुसार सबै बालबालिका संक्रमित बाबुआमाबाट जन्मिएका हुन् । उनीहरुका बाबुआमाले संक्रमणबाटै ज्यान गुमाइसकेका छन् ।
(फोटो फिचर सहित)
.jpg)

.jpg)
.jpg)
watch this bisal chautari youtube video
.jpg)


0 comments
Write Down Your Responses