‘राहदानी‘लाई सेन्सर बोर्डले दियो युनिभर्सल प्रमाणपत्र
विशाल चौतारी समाचार
काठमाडौं, १ माघ । सञ्चारकर्मि डब्बु क्षेत्रीको पहिलो निर्देशनमा तयार भएको चलचित्र ‘राहदानी’ लाई चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले विश्वव्यापी ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको छ । अब यस चलचित्रलाई सकेको खण्डमा विश्वका जुनसुकै मुलुकका सबै उमेर समुहका दर्शकले हेर्न सक्ने भएका छन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhbYqhcYp-XkaVzl0HOZNCatPD10TERVlPTVbAa_4p8_s7RIWVjvd_moBo-7FO9MiRArkaggEw0aMcuvLRmY7CQhBxwxgGWE7KfjmmXzSCUbG63qYnDfFDMFSO-nQphDSc0R1Or-lJNYLo/s1600/nepali+movie+rahadani.jpg)
चलचित्र ‘राहदानी’मा समावेश गाली गलौजका संवाद सहित केहि अन्य संवादमा भने कैंची चलाईएको निर्देशक क्षेत्रीले बताएका छन् । चलचित्रमा वैदेशिक रोजगार र रोजगारीमा जादा नेपालीले भोग्नु पर्ने पिडाहरुलाई मुख्य विषयवस्तु बनाइएको छ । चलचित्र ‘राहदानी’मा अभिनेता दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतको अभिनय रहेको छ । काठमाडौं र मलेसियामा छायाँकन गरिएको चलचित्र ‘राहदानी’का छायाँकार रामशरण उप्रेती हुन् । चलचित्र ‘राहदानी’मा अभिनेत्री रिमा विश्वकर्माले आइटम डान्स गरेकी छिन् । चलचित्रका निर्माता लक्ष्मीप्रसाद ढकाल हुन्, भने चलचित्र ‘राहदानी’लाई नयाँ वर्षलाई लक्षित गरी चैत्र २८ मा रिलिज गर्ने बताईएको छ ।
काठमाडौं, १ माघ । सञ्चारकर्मि डब्बु क्षेत्रीको पहिलो निर्देशनमा तयार भएको चलचित्र ‘राहदानी’ लाई चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड) ले विश्वव्यापी ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको छ । अब यस चलचित्रलाई सकेको खण्डमा विश्वका जुनसुकै मुलुकका सबै उमेर समुहका दर्शकले हेर्न सक्ने भएका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhbYqhcYp-XkaVzl0HOZNCatPD10TERVlPTVbAa_4p8_s7RIWVjvd_moBo-7FO9MiRArkaggEw0aMcuvLRmY7CQhBxwxgGWE7KfjmmXzSCUbG63qYnDfFDMFSO-nQphDSc0R1Or-lJNYLo/s1600/nepali+movie+rahadani.jpg)
चलचित्र ‘राहदानी’मा समावेश गाली गलौजका संवाद सहित केहि अन्य संवादमा भने कैंची चलाईएको निर्देशक क्षेत्रीले बताएका छन् । चलचित्रमा वैदेशिक रोजगार र रोजगारीमा जादा नेपालीले भोग्नु पर्ने पिडाहरुलाई मुख्य विषयवस्तु बनाइएको छ । चलचित्र ‘राहदानी’मा अभिनेता दयाहाङ राई, अशोक रिजाल, नवीन लम्साल, रुपा खनाल, बिनिता घिमिरे, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, अस्मिता बस्नेत, विधा कार्की, तेन्जिङ शेर्पा, विकाश जोसी, अयुस्मा श्रेष्ठ, शैलेन्द्र बस्नेतको अभिनय रहेको छ । काठमाडौं र मलेसियामा छायाँकन गरिएको चलचित्र ‘राहदानी’का छायाँकार रामशरण उप्रेती हुन् । चलचित्र ‘राहदानी’मा अभिनेत्री रिमा विश्वकर्माले आइटम डान्स गरेकी छिन् । चलचित्रका निर्माता लक्ष्मीप्रसाद ढकाल हुन्, भने चलचित्र ‘राहदानी’लाई नयाँ वर्षलाई लक्षित गरी चैत्र २८ मा रिलिज गर्ने बताईएको छ ।
0 comments
Write Down Your Responses