नेपाली संगीतका चेला स्पेनमा चर्चा कमाउदै
विशाल चौतारी समाचार
काठमाडौं, २ माघ । पछिल्लो समयमा नेपाली गीत, संगितको बजार विश्वमै लोकप्रिय हुदै गएको छ । केहि समय अगाडी एआर रेहेमानको संगीतमा नेपालकी गायिका आनि छोइङ डोल्माले गाएकी थिइन् । यस्तै क्रममा नेपाली गित र संगितकै अध्ययन लिएका संगितकार,गीतकार तथा गायक संगम पन्थ अहिले नेपालमा मात्रै व्यास्त छैनन्, उनि स्पेनीस भाषाको गीत, संगितमापनि उत्तिकै व्यास्त रहेका छन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh1REKH_q_hYeLur6_AX09R9PGPwl1niBkYbwhDaVL46NoWmWWQTQx-L3UxwC1C-Ok42YNGL-_oNGQenvkFAiGB_bKamCbOEjxqce5b4_iy7ODq1ytgQt77lFc4UQ-AVTy3AmF4qi5mVhw/s1600/sangam+panta++(3).jpg)
वि.सं.२०६५ सालमा डोरेमी संगीत पाठशालामा औपचारिक रुपमा गायन कक्षा लिएको र त्यहीबाट बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यको संगीत र गीतकार दुर्गालाल श्रेष्ठको शब्दमा पहिलो गीत ‘माया भन्ने’ नामक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका पन्थले स्पेनिस भाषामा पनि धेरै काम गरेका छन् ।
स्पेनीस भाषामा राम्रो दख्खल रहेकाले इन्टरनेटका माध्यमबाट सो भाषाका गितहरु सृजना गरेका छन् । अहिले सम्म आफ्नै शब्द,सङ्गीत, स्वर तथा सङ्गीत संयोजनमा रेकर्ड गरिएका उनका केही स्पेनीस गितहरु क्रमश : एरेस तु, मेखिकानोस, या नो एस्तास, आब्लेमोस सोब्रे एल मुन्दो, ला भिदा एस फ्राखिल, दियोस मियो, मुन्दो एन पास, पुएर्तोरिको, प्रिन्सी र नो पुएदो मिरारते लगायतका गीतहरुलाई रहेका छन् । उनका गितहरु डोमिनीकन रिपब्लिकमा रहेको म्युजिक रेडियोले वि.सं २०६८ मा जिवनी कार्यक्रमपनि प्रस्तुत गरेको थियो । सो रेडियोको अन्र्तवार्ताकै कारणले आर्जेन्टिनाको नेश्नल रेडियो र भेनेजुएलाको एल पोर्ताल देल आमोर रेडियोमा ‘आर्तिस्ता देल दियाँ आर्टिस्ट अफ दि डे’ को रुपमा गायक,संगितकार पन्थको फिचर गरिएको थियो । भविष्यमा नेपाली र स्पेनिस लगाएत विभिन्न भाषामा संगीत रचना गरीर नेपाली कलाकारलाई अवसर प्रदान गरी नेपाली आवाजलाई विश्व भर पुर्याउने लक्ष्य रहेको पन्थले बताए । पन्थले हाल सम्म सय भन्दा बढी गीतहरु आफ्नै शब्द, सङ्गीत र स्वरमा रेकर्ड गराइसकेका छन् ।
काठमाडौं, २ माघ । पछिल्लो समयमा नेपाली गीत, संगितको बजार विश्वमै लोकप्रिय हुदै गएको छ । केहि समय अगाडी एआर रेहेमानको संगीतमा नेपालकी गायिका आनि छोइङ डोल्माले गाएकी थिइन् । यस्तै क्रममा नेपाली गित र संगितकै अध्ययन लिएका संगितकार,गीतकार तथा गायक संगम पन्थ अहिले नेपालमा मात्रै व्यास्त छैनन्, उनि स्पेनीस भाषाको गीत, संगितमापनि उत्तिकै व्यास्त रहेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh1REKH_q_hYeLur6_AX09R9PGPwl1niBkYbwhDaVL46NoWmWWQTQx-L3UxwC1C-Ok42YNGL-_oNGQenvkFAiGB_bKamCbOEjxqce5b4_iy7ODq1ytgQt77lFc4UQ-AVTy3AmF4qi5mVhw/s1600/sangam+panta++(3).jpg)
वि.सं.२०६५ सालमा डोरेमी संगीत पाठशालामा औपचारिक रुपमा गायन कक्षा लिएको र त्यहीबाट बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यको संगीत र गीतकार दुर्गालाल श्रेष्ठको शब्दमा पहिलो गीत ‘माया भन्ने’ नामक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका पन्थले स्पेनिस भाषामा पनि धेरै काम गरेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh05ToQwZEHGI3LqYp8-KcQsIrOs4q5hTo95a4dPYJIEBhwlsQbNSngiAxgr9BHxAheHgidKpIHFb6lm5_N-hvjkkuGYCftSN2Z0hcWPnAO0gZoTA4fiMuGqhij_UzdDslvFSbeIDFpUsI/s1600/sangam+panta++(1).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1MRJeDUlJwwziif05Kkh7I_gShJvn29lTGFy-R3Uzyh-nBBVNhNiTsvOqouj4HWtB-X_i5xJlrUFKN70E9CtO3909rP_oPinHXk2TwZx66UB-YOVdAhrX4vV63r-9WRdlsveKwnabXnU/s1600/sangam+panta++(2).jpg)
0 comments
Write Down Your Responses