• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रिमिक्स धमाका–७ मा कुन–कुन कलाकार समावेश भए ?

    विशाल चौतारी समाचार
    shiva-shrestha-mingma-sherpa-bishnu-chemjong-remix-dhamaka -7

    काठमाडौं २ माघ । मलेसियन चाडका रुपमा लिइने चाइनिज नयाँ वर्षको अवसर पारेर विगत ७ वर्ष अगाडीदेखी हुदै आएको रिमिक्स धमा–७ हुने भएको छ । जिरो माइल एसडीएन बीएचडीको आयोजनामा गरिन लागिएको रिमिक्स धमाका–७ का लागि बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । रिमिक्स धमाका–७ मा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, गायक मिङ्मा सेर्पा, गायिका विष्णु चेम्जोङ, लोक दोहोरी गायक, गायिका शिव हमाल र मन्जु महत, अभिनेत्री अनु शाह, कलाकार विष्णु सापकोटा (हर्के हल्दार) जाने भएका छन् ।
    मलेसियाको मुख्य तीन शहरहरुमा कार्यक्रम पालैपालो हुन कार्यक्रमको संयोजक सुनिल चालिसेले पत्रकार सम्मेलनमा बताएका छन । यस कार्यक्रम आगामी जनवरी ३१, फेब्रुअरी १ र २ मा मलेसियाको तीन प्रमुख शहरहरु क्वालालम्पुर, जोहोरबारु, मुआरमा हुनेछ । संयोजक चालिसेले कार्यक्रममा बोल्दै रिमिक्स धमाका गर्नको उद्देश्य बताउदै नेपाली कलाकार र विदेशमा रहने नेपालीबीचको सम्बन्धलाई नजिक बनाएको बताए । कार्यक्रममै सामाजिक काममा समेत सहयोग पुर्‍याएको बताउदै, संयोजक चालिसेले धेरै विदेशमा गएका पिडित महिलाहरुलाई सहयोग गरेको बताए ।
    कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, गायिका विष्ण् चेमजोङ, लोक दोहोरी गायिका मन्जु महत, गायक मिङमा शेर्पा लोकदोहोरी गायक शिव हमाल उपस्थित भएका थिए । उनीहरुले आफूहरु विदेशमा गएर नेपालीसँगको सम्बन्धलाई नजिक बनाउने बताउँदै सम्पूर्ण नेपालीहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने बताएका छन् । विदेशमा हुने कार्यक्रम नेपालमा पत्रकार सम्मेलन भन्ने पत्रकारको जिज्ञासामा आयोजक तर्फबाट चालिसेले नेपालीकै कार्यक्रम, नेपाली कलाकारको उपस्थिति र नेपालीहरुकै लागि गरिएको कार्यक्रम भएको हुँदा नेपालदेखि नै पत्रकार सम्मेलन गरिएको बताएका थिए ।
    नेपालको तर्फबाट यसभन्दा अघि प्रमोद खरेल, शिव परियार, माण्डवी त्रिपाठी, विरही कार्की, रामजी खाँड, अनु शाह, रीमा विश्वकर्मा, सुस्मा कार्की, शिवशंकर रिजाल (जोगिन्दर), सुरेन्द्र केसी (मुलाको साग), भुवन केसी, दिनेश डिसी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.