• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • दर्जन कविहरुको कविता पुस्तकालयमा सुनिए

    विशाल चौतारी समाचार
    काठमाडौं, १६ माघ ।
    प्रत्येक महिना सञ्चालन हुने गरेको ‘पोयमान्डु’को नयाँ संस्करणमा यस पालि पनि आधा दर्जन कवि तथा कवयित्रीहरुले कविता वाचनमा सुनिएका छन् । केहि दिन अगाडी नेपालका लागि भारतीय दूतावास तथा बिपी कोइराला नेपाल भारत फाउन्डेसनको संयुक्त आयोजनामा भएको एक कार्यक्रममा नेपालका पुराना तथा नयाँ पुस्ताका कविहरुले न्युरोडस्थित नेपाल भारत पुस्तकालयको प्रेक्षालयमा कविता वाचन गरेको थिए ।
    कविता वाचन कार्यक्रममा रमेशजंग थापा, विनोद राना, बेन्जु शर्मा, केशव सिग्देल, चिराग बाङदेल, भोजप्रसाद यादव, उमिर्ला पन्त, उमेश साह, हंसावती कुर्मी, रमा खड्का, शिवप्रसाद नेपाल, र डिल्लीराज अर्यालले कविता वाचन गरेर उपस्थित कविताका पारखिहरुलाई मोहित पारेका थिए । कविता वाचन कार्यक्रममा सहभागी कविहरुले नेपाली बाहेक हिन्दी, अंग्रेजी, भोजपुरी, उर्दू, दिक्तेली र अवधी भाषाहरुमा कविता वाचन गरेका थिए । ‘सिनेमान्डु’, ‘कन्भर्सेसन्स’ र ‘भ्वाइसेज’ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बिपी कोइराला नेपाल भारत फाउन्डेसनले हिजो भने ‘कन्भर्सेसन्स’को नयाँ शृंखलामा अभि सुवेदी र तुलसी दिवसलाई प्रस्तुत गरेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.