• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • प्रिती जिन्टाको ३८ औ डिम्पल : जन्मदिन आज

    एजेन्सी समाचार
    मुम्बई, १७ माघ :
    बलिउड चलचित्र उद्योगमा डिम्पल गर्ल भनेर चिनिने बलिउड अभिनेत्री प्रिती जिन्टा आफ्नो ३८ औ जन्मदिन मनाइरहेकी छिन् । अभिनेत्री प्रितीको जन्म ३१ जनवारी १९७५ मा भारतको हिमाचल प्रदेशको शिमालामा भएको थियो ।
    कुनै जमाना बलिउड चलचित्र उद्योगकी नम्वर एक अभिनेत्री प्रिती जिन्टाले बलिउडसंगै तेलुङ, पंजावी र अंग्रेजी चलचित्रहरुमा पनि काम गरेकी छिन् । अभिनेत्री प्रितीको बाबा दुर्गानन्द जिन्टा इन्डियन आर्मि हुन् । 
    उनको मृत्यु एक रोड दुर्घटनामा भएको थियो । प्रितीको बाबाको मृत्यु भएको केहि वर्षपछि नै उनको आमाको पनि मृत्यु भएको थियो । अभिनेत्री प्रिती शिमलाको एक बोर्डिङ स्कुलमा पढेकी थिईन् । उनको स्कुल लेभलको अध्ययन सकिने वित्तिकै ब्रिड्स कलेजमा अंग्रेजी विषयमा डिग्री पास गरिन्, भने फेरी उनले अध्ययनलाई अपराधिक मनोविज्ञानमा स्नोतोकत्तर सम्मको अध्ययन गरेकि थिइन् । तर अभिनेत्रै प्रिती बलिउड चलचित्र उद्योगमा एक राज गर्न थियो रहेछ, उनि अध्ययन सकिएपछि बिस्तारै मोड्लिङमा सकृय हुन थालिन् । उनी मोड्लीङ गर्दा गर्दै, लिरिल साबुको विज्ञापनमा पहिलो चोटि देखिइन् । यो विज्ञापन चर्चित भएपछि उनी अनन्त बलिउड चलचित्र ‘दिल से’ नामक चलचित्रबाट डेब्यु गरिन् । यो चलचित्रमा अभिनेत्री प्रितीको अभिनय राम्रो भएपछि एक छत्र रुपमा उनी बलिउडमा व्यास्त हुदै गइन् । त्यसपछि अभिनेत्री प्रितीले बलिउडमा क्रमश : सोल्जर, क्या कहना, मिसन कश्मिर, हर दिल जो प्यार करेगा, कल हो ना हो, कोइ मिल गया, चोरी–चोरी चुपके, जानेमन, कभि अल बिदा ना केहेना लगायत उनको सुपरहिट चलचित्रहरु हुन् ।
    अभिनेत्री प्रिती अभिनयसंगै खेलकुद खेल्नपनि रुचाउछिन् । खेलमापनि उनलाई बासकेट बल धेरै मनपर्ने खेल हो भने क्रिकेटको उनि धेरै ठुलो फ्यान हुन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.