• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • गायिका सुनिता मिर्गौला पीडितलाई सहयोग जुटाउदै

    sunita-dulal-singer-social-worker
    विशाल चौतारी समाचार
    काठमाडौ, माघ ८ । पछिल्लो समयमा लोकगायिका सुनिता दुलाल सामाजिक कामहरुमा निकै अग्रसर रहेकी छिन् । शिक्षा बाट बन्चित केहि बालबालिकालाई पढाउने देखी लिएर वृद्धाश्रमका आमाहरुलाई जाडोमा न्यानो पछ्यौरा बाड्न समेत गायिका सुनिताले भ्याएकि छिन् । यस्तै क्रममा लोकगायिका सुनिता यतिबेला भने सिन्धुपल्चोक, जलबिरे ४ का २६ वर्षिया मृगौला पिडीत सुमन श्रेष्ठको उपचारार्थ सहयोग जुटाउन लागिपरेकी छिन् ।
    १० वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका पिडीत श्रेष्ठको अहिले दुबै मिर्गौलाले काम गर्न छोडेकोले पून : प्रत्यारोपण गर्नु पर्ने भएको हो । गायिका सुनिताले बताएअनुसार उनको उचार खर्च करिव नेपाली १५–१६ लाख लाग्ने भएको बताइन् । पिडीत परिवारको आथिर्क अवस्था कमजोर भएकोल प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसकेका कारण आफुले केही गर्दा पिडीतको मृगौला प्रत्यारोपनमा सहयोग पुग्ने ठानेर सहयोग जुटाउन लागी परेको बताईन् । अहिले गायिका सुनिताले आफ्नो फ्यान पेज, सामाजिक सञ्जाल र अन्य सम्पर्कमार्फत सहयोगका लागि अपिल गरेकी छिन् । गायिका दुलाल भन्छिन्,–‘सेवा नै धर्म हो । जो सुकैले जति गर्न सकिन्छ, सहयोग गर्न अनुरोध गर्दछु ।’ गायिका दुलालले पिडीत परिवारको दुखेसो बताउँदै –‘पिडीतको बाबाले त्यहि छोरालाई एउटा मृगौला दिइसकेको रहेछ ।’ पिडीतलाई सहयोग गर्न चाहानेले कुमारी बैंक पुतलिसडक ब्रान्चमा खाता नम्बर 0117524045160017 ए/सी होल्डर सुनिता दुलाल डिएफ रेमिट्यान्स वा डिपोजिट गर्न सक्ने बताइन् । मृगौला पिडीतलाई आएको १ रुपैया सहयोगपनि पत्रकार सम्मेलन गरी देखाएर पिडीतलाई रकम हस्तान्तरण गर्ने गायिका दुलालले बताईन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.