बसन्त अनेसासको अन्तराष्ट्रिय सम्मेलनमा न्युयोर्कतर्फ
विशाल चौतारी समाचार
काठमाडौं, १४ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय कार्यालय, न्यूयोर्कले आयोजन गर्न लागेको दुई दिने प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य–सम्मेलनमा सहभागी हुन कवि तथा गीतकार बसन्त चौधरी त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अनेसाले न्यूयोर्क शहरमा फागुन १७ र १८ मा सम्मेलन गर्दैछ । कवि चौधरीले विशिष्ठ अतिथिको रुपमा सहभागी हुन लागेका हुन् ।
सम्मेलनमा नेपालबाट अन्य विशिष्ट साहित्यकर्मीहरूको पनि प्रतिनिधित्व रहने छ भने कार्यत्रक्रममा संसारका ४६ भन्दा बढी देशमा छरिएर रहेका नेपाली साहित्य अनुरागी उपस्थित हुने संस्थाका केन्द्रिय उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले बताए ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgbil4ZoA3IMlUW37L4INYhTQpzr9tfh1bAajvx-qqSXfrLSePLPwKu8mXduXMLeaCFE_AnVQ7wofApoyxL99LEaujhbe1svyBo_arNNgg7Pba4RjCacN5iEjtFUniLs7dYZEjgV_eWSB8/s1600/basanta-chaudhary.jpg)
१७ फागुनमा हुने उद्घाटन सत्रमा १ दर्जनभन्दा बढी विशिष्ट नेपाली साहित्यकर्मी एवं कविले आ–आफ्ना रचना वाचन गर्ने कार्यक्रम छ भने फागुन १८ मा साहित्य सम्मेलनका साथसाथै नेपाली साहित्य फााटका विशिष्ट साहित्यकर्मीलाई सम्मान गरिने भएको छ ।
कार्यक्रम न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा हुने आयोजक अनेसासले जनाएको छ । कार्यक्रममा कवि तथा गीतकार चौधरीलाई पनि सम्मान गरिने भएको छ । पछिल्लो समय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अभिप्रायले एकल विश्व काव्ययात्रामा निस्केका चौधरीलाई नेपाली साहित्यमा उनले पुर्याएको योगदानका कदर गर्दै सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।
कवि तथा गीतकार चौधरीले कार्यक्रम समापनपश्चात् एकल विश्व काव्ययात्राका दौरानलाई निरन्तर दिादै २४ फागुनमा अमेरिकाको कोलोराडो राज्यको डेनबर शहरमा र चैत्र २ मा अमेरिकाकै जर्जिया राज्यको एटलान्टा शहरमा आफ्ना साहित्यिक बान्कीहरू पस्कने छन् ।
काठमाडौं, १४ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रिय कार्यालय, न्यूयोर्कले आयोजन गर्न लागेको दुई दिने प्रथम अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य–सम्मेलनमा सहभागी हुन कवि तथा गीतकार बसन्त चौधरी त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । अनेसाले न्यूयोर्क शहरमा फागुन १७ र १८ मा सम्मेलन गर्दैछ । कवि चौधरीले विशिष्ठ अतिथिको रुपमा सहभागी हुन लागेका हुन् ।
सम्मेलनमा नेपालबाट अन्य विशिष्ट साहित्यकर्मीहरूको पनि प्रतिनिधित्व रहने छ भने कार्यत्रक्रममा संसारका ४६ भन्दा बढी देशमा छरिएर रहेका नेपाली साहित्य अनुरागी उपस्थित हुने संस्थाका केन्द्रिय उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgbil4ZoA3IMlUW37L4INYhTQpzr9tfh1bAajvx-qqSXfrLSePLPwKu8mXduXMLeaCFE_AnVQ7wofApoyxL99LEaujhbe1svyBo_arNNgg7Pba4RjCacN5iEjtFUniLs7dYZEjgV_eWSB8/s1600/basanta-chaudhary.jpg)
१७ फागुनमा हुने उद्घाटन सत्रमा १ दर्जनभन्दा बढी विशिष्ट नेपाली साहित्यकर्मी एवं कविले आ–आफ्ना रचना वाचन गर्ने कार्यक्रम छ भने फागुन १८ मा साहित्य सम्मेलनका साथसाथै नेपाली साहित्य फााटका विशिष्ट साहित्यकर्मीलाई सम्मान गरिने भएको छ ।
कार्यक्रम न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा हुने आयोजक अनेसासले जनाएको छ । कार्यक्रममा कवि तथा गीतकार चौधरीलाई पनि सम्मान गरिने भएको छ । पछिल्लो समय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने अभिप्रायले एकल विश्व काव्ययात्रामा निस्केका चौधरीलाई नेपाली साहित्यमा उनले पुर्याएको योगदानका कदर गर्दै सम्मान गर्न लागिएको आयोजकले जनाएको छ ।
कवि तथा गीतकार चौधरीले कार्यक्रम समापनपश्चात् एकल विश्व काव्ययात्राका दौरानलाई निरन्तर दिादै २४ फागुनमा अमेरिकाको कोलोराडो राज्यको डेनबर शहरमा र चैत्र २ मा अमेरिकाकै जर्जिया राज्यको एटलान्टा शहरमा आफ्ना साहित्यिक बान्कीहरू पस्कने छन् ।
0 comments
Write Down Your Responses