• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • कैलास युरोपबाट म्युजिक भिडियोको लागि नेपालमा

    विशाल चौतारी समाचार
    काठमाडौं, २० माघ ।
    कैलास सिलवाल पेशाले टुर एन्ड ट्राभल्स्का व्यबसायी हुन । प्राय युरोप फ्रान्स, जर्मन, इटाली, स्पेन र डेनमार्क रहने उनको परिचय थापिएको छ, त्यो हो मोडलिङ ।
    स्कुल देखि कलेजसम्म रागमञ्चमा काम गरेका कैलास यतीबेल म्युजिक भिडियो मोडलिङमा लागेका छन् । 
    फेसबुक मार्फत म्युजिक भिडियोको लागि प्रस्ताव आएपछि उनी सुटिङको लागि युरोपबाट हालै नेपाल आएका हुन् । हरि लम्सालको स्वर र सागीत रहेको गीत ‘कागजमा लेखे च्यातिन सक्छ, ढुागामा खोपे टुक्रिन सक्छ’ बोलको गीतमा कैलासले मोडलिङ गरेका छन् । सो गीतमा आफु मोडल बन्नुको अनुभव उनले सुनाउादै भने,‘मलाई हरिसरले मेरो फेसबुकमा फोटो हेरेपछि मोडलिङको प्रस्ताव राख्नु भयो । सोही गीतको म्युजिक भिडियोमा मोडलिङ गर्न म नेपाल आएको हुँ ।’ आउँदो शुक्रबार युरोप फर्कन लागेका कैलासले शनिबार मात्र यो म्युजिक भिडियोमा मोडलिङ सम्पन्न गरे ।
    यस अघि थुप्रै नाटकमा काम गरेपछि म्युजिक भिडियोका मोडलिङमा उनी पहिलो पटक देखा पर्दैछन् । हरि हुमागाईले खिचेको यो भिडियोमा मोडलिङ गर्दा निकै रमाईलो लागेको अनुभव उनले सुनाए । प्रस्ताव आएको खण्डमा अरु पनि म्युजिक भिडियोमा मोडलिङ गर्न आफु नेपाल आउन सक्ने उनले जानकारी गराए । यो भिडियोको निर्देशन निकेश खडकाले गरेका हुन् । हाल यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरिरहेका छन् । काठमाडौंको बनस्थली निवासी मोडल कैलासलाई यो म्युजिक भिडियोमा मोडलिङमा तृष्णा बुढाथोकीले साथ दिएकी छन् । हरि सम्सालले आफ्नो एकल स्वरमा नयाँ गीतिसाग्रह चााडै ल्याउादै छन् । सोही गीतिसँग्रहमा पहिलो गीतको रुपमा यो भिडियो समेटिने छ । आफु अब युरोपबाट बन्ने विभिन्न म्युजिक भिडियोमा पनि मोडलिङ गर्ने मोडल कैलास सिलवालले जानकारी गराए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.