एकल साझमा गुञ्जिए सामसोङ (फोटो फिचर सहित)
तस्बिर :कमल कुवर
काठमाडौं, २५ फागुन । हिजो शनिवार राजधानिको जमल स्थीत राष्ट्रिय नाचघरमा गायक श्याम सामसोङले राष्ट्रिय नाचघरमा करिव डेढ दर्जन गीतहरु नेपाली संगीतका अनुरागीहरुका अगाडी गाएका छन् । प्रसंग थियो, गायक श्याम सामसोङको एकल साझ । जहाँ गायक सामसोङले ‘मुर्चुङगामा रोए म, सारांगीमा रेटिए, खोजि हिडे आफैंलाई आशुभित्र भिटिए’ बोलको गीत मार्फत सामसोङले गाउन सुरु गरेका थिए ।.jpg)
करिव ४ बजेदेखी सुरु भएको एकल साझमा गायक सामसोङले आफ्ना गीत र अन्य कलाकारहरुका गीत गरी डेढ दर्जन कर्णप्रिय गीतहरू गाएका थिए । भारतीय राजदूताबासबाट छात्रबृत्तिमा एमक्युज गरिसकेका सामसोङले आधुनिक, रक, पप, लोकगीत आदि सबै खालका गीत गाइसकेका छन् ।
एल्वम मुर्चुङगा पछि उनले साइमा एल्वम समेत बजारमा आइसकेको छ । एक दशकदेखि साागीतिक क्षेत्रमा क्रियाशील रहदै आएका गायक सामसोङलाई बाध्यवाधनमा क्रेमेटिक व्याण्डले साथ दिएको थियो । ई एण्ड डब्लु म्युजिक प्रा.लि.ले आयोजना गरेको उक्त एकल साझमा उनले डेढ दर्जन गीत गायक सामसोङले गाएका थिए । .jpg)
उक्त एकल साझ कार्यक्रममा गायक स्वयम्ले निर्देशन गरेको ‘पिखुवा’ नामक बृतचित्रको पनि विषेश प्रदर्शन गरिएको थियो । भोजपुर जिल्लालाई दुई भागमा चिरेर बग्ने पिखुवा खोलाको स्थलगत भ्रमण गरि पिखुवा खोलाको शिर मैयुमदेखि अरुण नदीमा समाहित हुदा सम्मका सुन्दर दृश्य समेतिएको छ । उक्त बृतचित्रमा वर्तमान भौगोलिक अवस्था र पिखुवा जलधारसँग भोजपुर र भोजपुरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धहरूलाई उजागर गरिएको छ ।.jpg)
काठमाडौं, २५ फागुन । हिजो शनिवार राजधानिको जमल स्थीत राष्ट्रिय नाचघरमा गायक श्याम सामसोङले राष्ट्रिय नाचघरमा करिव डेढ दर्जन गीतहरु नेपाली संगीतका अनुरागीहरुका अगाडी गाएका छन् । प्रसंग थियो, गायक श्याम सामसोङको एकल साझ । जहाँ गायक सामसोङले ‘मुर्चुङगामा रोए म, सारांगीमा रेटिए, खोजि हिडे आफैंलाई आशुभित्र भिटिए’ बोलको गीत मार्फत सामसोङले गाउन सुरु गरेका थिए ।
.jpg)
करिव ४ बजेदेखी सुरु भएको एकल साझमा गायक सामसोङले आफ्ना गीत र अन्य कलाकारहरुका गीत गरी डेढ दर्जन कर्णप्रिय गीतहरू गाएका थिए । भारतीय राजदूताबासबाट छात्रबृत्तिमा एमक्युज गरिसकेका सामसोङले आधुनिक, रक, पप, लोकगीत आदि सबै खालका गीत गाइसकेका छन् ।
.jpg)
.jpg)
उक्त एकल साझ कार्यक्रममा गायक स्वयम्ले निर्देशन गरेको ‘पिखुवा’ नामक बृतचित्रको पनि विषेश प्रदर्शन गरिएको थियो । भोजपुर जिल्लालाई दुई भागमा चिरेर बग्ने पिखुवा खोलाको स्थलगत भ्रमण गरि पिखुवा खोलाको शिर मैयुमदेखि अरुण नदीमा समाहित हुदा सम्मका सुन्दर दृश्य समेतिएको छ । उक्त बृतचित्रमा वर्तमान भौगोलिक अवस्था र पिखुवा जलधारसँग भोजपुर र भोजपुरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धहरूलाई उजागर गरिएको छ ।
.jpg)
0 comments
Write Down Your Responses