दुर्घटनामा परेकी लोक गायिका मञ्जुको देब्रे खुट्टा काटियो
manju-mahat
विशाल चौतारी
विशाल चौतारी
काठमाडौं, १४ चैत । गत विहीवार काठमाडौको गल्कोपाखामा गम्भिर सवारी दुर्घटनामा परेकी लोक गायिका मञ्जु महतको देब्रे खुट्टा काटिएको छ । उनी गत बिहिवार सवारी दुर्घटनामा गम्भिर घाइते बनेपछि अहिले उपचारका लागी टोखास्थित ग्रान्डी इन्टरनेशनल अस्पतालको कोमामा छिन् । दुर्घटनामा परेकी गायिका महतको देब्रे खुट्टाको अवस्था नाजुक भएपछि उनको देब्रे खुट्टा बिहिबार नै काटिएको अस्पताल स्रोतले बताएको छ । .jpg)
गायिका महत सवार स्कुटरलाई दुईवटा माइक्रो बसले ठक्कर दिएका थिए । सो ठक्करका कारण उनको देब्रे खुट्टा मात्र होइन, श्रोतका अनुसार उनका दुबै मृगौलापनि फुटेका छन् । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए । गायिका महतको दुर्घटनाबाट देब्रे खुट्टा, दुई मुटु, टाउको र छाती लगायत शरिरका प्राय: सबै भागमा गम्भीर चोट लागेको छ ।
गायिका महतलाई दुर्घटना लगतै सबैभन्दा पहिला मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । मनमोहन मेमोरियल अस्पतालले उपचार हुन नसक्ने बताएपछी उनलाई शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।.jpg)
बेहोश अवस्थामा अस्पताल पुर्याइएकी लोक गायिका मञ्जुको होस खुले नखुलेको बारेमा अस्पताल स्रोतले हिजो शुक्रवार बेलुकी जानकारी दिए अनुसार उपचार जारि रहेको र यस बारेमा शनिवार मात्र जानकारी दिइने बताएको छ ।
गायिका मञ्जु महतको सवारी दुर्घटना भएपछि स्वास्थ्यलाभको कामना गर्दै सयभन्दा बढी लोक कलाकारहरु ग्रान्डी अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गररहेका छन् । साथै, शुक्रबार, लोक दोहोरी कलाकारले राजधानीमा दोषीको कारबाही हुनुपर्ने माग गर्दै विरोध र्यालीपनि निकालेका थिए । गायिका महत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितीका उपाध्यक्ष समेत हुन् ।
.jpg)
गायिका महत सवार स्कुटरलाई दुईवटा माइक्रो बसले ठक्कर दिएका थिए । सो ठक्करका कारण उनको देब्रे खुट्टा मात्र होइन, श्रोतका अनुसार उनका दुबै मृगौलापनि फुटेका छन् । बा १ ज ९२१३ नम्बरको माइक्रोबस र अल्फावेट खुल्न नसकेको २०७१ नंबरको हाइस ब्राण्डको माइक्रोले उनलाई बिचमा थिचेका थिए । गायिका महतको दुर्घटनाबाट देब्रे खुट्टा, दुई मुटु, टाउको र छाती लगायत शरिरका प्राय: सबै भागमा गम्भीर चोट लागेको छ ।
गायिका महतलाई दुर्घटना लगतै सबैभन्दा पहिला मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । मनमोहन मेमोरियल अस्पतालले उपचार हुन नसक्ने बताएपछी उनलाई शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट पनि चिकित्सकहरुले ग्राण्डी अस्पतालमा रिफर गरेका थिए ।
.jpg)
बेहोश अवस्थामा अस्पताल पुर्याइएकी लोक गायिका मञ्जुको होस खुले नखुलेको बारेमा अस्पताल स्रोतले हिजो शुक्रवार बेलुकी जानकारी दिए अनुसार उपचार जारि रहेको र यस बारेमा शनिवार मात्र जानकारी दिइने बताएको छ ।
गायिका मञ्जु महतको सवारी दुर्घटना भएपछि स्वास्थ्यलाभको कामना गर्दै सयभन्दा बढी लोक कलाकारहरु ग्रान्डी अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गररहेका छन् । साथै, शुक्रबार, लोक दोहोरी कलाकारले राजधानीमा दोषीको कारबाही हुनुपर्ने माग गर्दै विरोध र्यालीपनि निकालेका थिए । गायिका महत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितीका उपाध्यक्ष समेत हुन् ।


0 comments
Write Down Your Responses