• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘पूरानो ढुङ्गा’ गीतका संगीतकार सुन्दरको निधन

    Sundar-Thapa
    ब्रेकर : संगीतकार सुन्दर थापाले संगीत गरेका गीतहर कर्णदास, यम बराल, रामकृष्ण ढकाल, लगायतले गाएका छन् । नेपाली चलचित्र ‘कैदी’ मा संगीत दिएका थापाको ‘नमुना’, ‘सुकृति’, ‘आशय’ र ‘साधना’ गरी चार एल्बमसमेत निकाली सकेका थिय।
    विशाल चौतारी समाचार
    काठमाडौं, २० चैत ।
    नेपाली साङ्गीतिक क्षेत्रले केही समय अगाडी लोकगायिका मञ्जु महतलाई गुमाएको घाउ निको नहुदै फेरी अर्का सफल संगीतकारलाई नेपाली गीतसंगीतले गुमाएको छ । कुनै समय नेपाली सांगीतिक क्षेत्रमा कहलिएका पोखरेली संगीतकार सुन्दर थापाको कर्म भुमि चीनको ग्वान्जाउमा गत मंगलवार नै असामयिक निधन भएको हो ।
    पूरानो डुङगा, व्यर्थै फेरी घाइते मुटु बल्झियो ,पोखरा शहर हेर्दैमा राम्रो, त्यही पर्यो घर हाम्रो जस्ता कालजयी गीतहरुलाई संगीतवद्ध गर्ने संगीतकार थापाको अन्मित संस्कार बिहिवार कास्कीमा अन्तेस्टी गरिएको छ ।
    व्यापारको सिलसिलामा चीनको ग्वान्जाउमा रहँदै आएका ४१ वर्षीया संगीतकार थापा घाँटीको क्यान्सरबाट पीडित थिए । पोखरा छँदा गीत संगीतमा सक्रिय सुन्दरले नौ वर्षअघि नेपाल छाडेका थिए ।
    संगीतकार सुन्दर थापाले संगीत गरेका गीतहर कर्णदास, यम बराल, रामकृष्ण ढकाल, लगायतले गाएका छन् । नेपाली चलचित्र ‘कैदी’ मा संगीत दिएका थापाको ‘नमुना’, ‘सुकृति’, ‘आशय’ र ‘साधना’ गरी चार एल्बमसमेत निकाली सकेका थिय। दुई छोरीका बाबु रहेका संगीतकार सुन्दर थापा एनआरएन चाइनाका अध्यक्ष समेत हुन् ।
    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.