हिन्दी सिनेमामा नेपाली निर्माता, नेपाल वितरक क्रेजी
Bin Phere FREE Me TTERE
काठमाडौं, २०७१, बैशाख २६ बिहीवार। पछिल्लो समय हिन्दी सिनेमा हेर्ने दर्शकहरु मात्र होइन, चलचित्र निर्माण गर्ने व्यावसायिहरुपनि नेपालबाट बलिउड चलचित्र उद्योगमा भित्री रहेका छन् । यस्तै क्रममा निर्माता दिवसबाबु पुरीले करिब ४ करोड भारतीय रुपैयाँ लगानी गरेर एक हिन्दी सिनेमा निर्माण गरेका छन् । यो चलचित्र नेपालमा जेठ २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
‘बिन फेरे फ्रि मे तेरे’ नामक सिनेमामा भारतका चचिर्त कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा आर्स देवल, अषिर्ता अग्रवाल, गोविन नामदेम लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई मनोज शर्माले निर्देशन गरेका हुन् । पूर्णतया कमेडी बिषयमा तयार भएको सिनेमाको लागत १२ करोड लागेको निर्माता पुरीले बताए । सिनेमाको रिलिज डेट नजिकिदा नेपालमै रहेका निर्माता पुरीले कुनै पनि नेपाली सिनेमा निर्माण नगरी आफूले एकैचोटी हिन्दी सिनेमा बनाएको बताए । ४ करोड पुरीको लगानी भएतापनि अन्य ८ करोड लगानी भने विभिन्न व्यक्तिहरुले गरेका छन् ।
चलचित्र ‘बिन फेरे फ्रि मे तेरे’को नेपाल वितरण करण क्रेजी र ओम प्रकाश अग्रवालले गरेका छन् । चलचित्र कमेडी भएकाले नेपालमा राम्रो व्यापार गर्ने कुरामा ढुक्क रहेको नेपालका लागी वितरक करणले बताए ।
0 comments
Write Down Your Responses