• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • गाँउमा ‘अझै पनि’ के गर्दैछन् सुदर्शन र पुजा लगायत (फोटो फिचर)

    Nepali-Movie-Ajhai-Pani
    विशाल चौतारी समाचार 
    काठमाडौं, २०७१ बैशाख, २९ सोमबार । निर्देशनमा राम्रा मानिएका निर्देशक सुदर्शन थापा अभिनित चलचित्र ‘अझै पनि’ पछिल्लो समय सुटिङमा ब्यास्त रहेका छ । गाउले स्वादमा निर्माण भईरहेको चलचित्र ‘अझै पनि’को सुटिङ तस्बिरहरु बाहिरिएको छ । 
    आलोक नेम्वाङ निर्देशनमा यस चलचित्रको सुटिङ विगत १५ दिन देखि काठमाण्डू धर्मस्थली गाविसमा भईरहेको छ । चलचित्र निर्देशकको रुपमा परिचय बनाएर चर्चा बटुलिसकेका सुदर्शन थापा चलचित्र ‘अझै पनि’का मुख्य अभिनेताका रुपमा खेलेका छन् । थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनले चलचित्र ‘अझै पनि’लाई कष्ट्यूम डिजाईनर पुनम गौतमसंगको सहकार्यमा निर्माण गरेको हो ।   
    सुदर्शन बाहेक समानान्तर भूमिकामा पुष्प खड्का, विशाल ढुंगाना छन् भने  हिरोइन तर्फ पुजा शर्मा, सुरछा पन्त, प्रमिला खनाल र विपना धिमाल छिन् । ‘करिब १५ सिन र एक गीत हामीले खिचिसकेका छौ, अनि अर्को कुरा मलाई विगतका चलचित्रहरु भन्दा चलचित्र ‘अझै पनि’ निर्देशन गर्न निकै सहज भइरहेको पनि छ’,  निर्देशक नेम्वाङले बताएका छन् । यो चलचित्रमा आलोकको भिनाजु समेत पर्ने अभिनेता बिजय लामा पनि मुख्य भूमिकामा छन् । लामा सहित मिथिला शर्मा र रामशरण पाठकलाई पनि यस चलचित्रमा देख्न सकिन्छ । चलचित्र ‘अझै पनि’लाई राजेश श्रेष्ठले खिचेका हुन् । 
    Sudarshan Thapa Pooja Sharma
    movie by director Alok Nembang. 
    The movie is going to be produced by Sudarshan Shrestha.
    Sudarshan Thapa, Vijay Lama, Ram Sharan Pathak, Pooja Sharma and more. Director Sudarshan Thapa may boast of films including Dhanda, Madhumas and Mero Euta Saathi Cha but he is all set to leave directing for once and become a hero in AJHAI PANI.

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.