हलिउड अभिनेत्री तथा गायिका सेलेना सारी, पोतेमा
Selena Gomez in Nepal-sari
विशाल चौतारी समाचार
काठामाडौ., २०७१ जेठ, ९ शुक्रवार ।
पछिल्लो समय हलिउड चलचित्र तथा गायन उद्योगमा धेरै चर्चा हुने सेलिब्रेटिहरु मध्ये हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेजपनि पर्छिन् । धेरै जसो चर्चा हुने एउटै पक्ष चर्चित गायक जस्टिन बिबरसंगको प्रेम सम्बन्ध रहेको थियो । यस्तै क्रममा सेलेना सुटुक्क नेपाल आइन्, नाचिन्, घुमिन् तर मिडियाबाट लुक्दै छिप्दै फकिईन् ।
युनिसेफको सदभावना दूतका रुपमा नेपाल आएकी सेलेना बसाईका क्रममा नेपालगञ्ज र दाङका बिद्यालयको भ्रमण गर्दै स्थानीय लोकभाकामा नाच्दै रमाएकी थिइन् । नेपाल आएर बसेपनि सेलेनाले आफ्नो सामाजिक सञ्जालमा समेत नेपाल भ्रमणमा आएको बताएकी थिइनन् ।
तर उनले नेपाल भ्रमणमा आएको भनेर नलेखेपनि नेपाली पहिरण सारी र पोतेमा भने सजिएको तस्बिर आफ्नो इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् । तस्बिरमा नेपाल भ्रमणको बारेमा केही नखुलाइएपनि उनले भनेर लेखेकी छिन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg8lkTLDmi8X5cmyVtfGraPuM4jClLKod8HZwoFasGVI2m3z-B2BDhx_xLJQsJiYKbkj4GtIa-5XdKNAqPr-ceI8jmlnEdXOj1XaWt1bwqOHfYpJxdMsG_f14Dr70oTWvJErmH0-IwGlj_m/s1600/Selena+Gomez+in+Nepal-sari+(1).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHPzJtp6n-aiEAMw1eh_5zWQAVFh04pt9No1OOGZ6ayOSNjCjaW1PKcMO8vmyX3OnZgUT1RNarpndsdRu-X4CHm1yZ296dVyereqE_PHvVVl2jvpsLXGF9WShqwR33WOcRH9EfRBXEg0sK/s1600/Selena+Gomez+in+Nepal-sari+(2).jpg)
selenagomez
Sari, not sari. 🙏जुन तस्बिरलाई उनका धेरै फ्यान फलोअरले सुन्दरताको तारिफमात्रै गरेका छैनन, आई लव यु लगायतका धेरै प्रस्तावहरु आएको छ ।
0 comments
Write Down Your Responses