म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक
musickhabar.com-music-award
काठमाडौं, २०७१ बैशाख, २९ सोमबार । म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको तेस्रो म्यूजिक खबर म्यूजिक अवार्ड २०१४ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको गरिएको छ । राजधानिमा एक पत्रकार सम्मेलनको आयोजना गरी नोमिनेशन सार्वजनिक गरिएको थियो ।
म्यूजिक खबर म्यूजिक अवार्डले आगामी असार १ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम सम्पन्न गर्ने आशाका साथ अवार्डको मनोनयन सार्वजनिक गरेको हो । म्यूजिक खबर म्यूजिक अवार्डका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको कार्यक्रममा अवार्डका सदस्य सचिव सन्तोष श्रेष्ठले स्वागत मन्तव्य दिँदै अवार्डका लागि सहयोग पुर्याउने सम्पूर्ण मिडियाप्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा अवार्डका सल्लाहकारद्धय आरसी कोइराला र मोहन निरौला, निर्देशक समाजका अध्यक्ष एवं अवार्डका अफिसियल एमसी दिनेश डिसीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अवार्डका निर्देशक एवं चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै अवार्डलाई मर्यादित र व्यवस्थित बनाउँदै तेस्रो संस्करणसम्म आइपुग्दा सम्पूर्ण संचारकर्मी एवं सहयोगीहातहरुको सहयोग जारी रहेको औंल्याएका थिए । त्यस्तै कार्यक्रमका सल्लाहकार मोहन निरौलाले अवार्डमा सल्लाहकारको भूमिकामा रहँदै तेस्रो संस्करणसम्म आइपुग्दा संगीतकर्मीहरुमा अवार्डप्रतिको उत्साह हुनुले अवार्डले सफलता प्राप्त गरेको बताएका थिए । त्यस्तै अफिसियल एमसी एवं निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले यो अवार्डलाई तेस्रो संस्करणसम्म ल्याउँदा सबैको सहकार्यले मजबुत बनाएको बताएका थिए । डिसीले कलाकारहरुका लागि एउटा चाड थपिएकोले यसको उत्साहमा श्रष्टा र सर्जक हुनुले पनि हामीलाई सफलता मिलेको बताए ।
त्यस्तै अवार्डको निरन्तरतामा तेस्रो वर्षसम्म आइपुग्दा संचारकर्मीहरुको ठूलो हात रहेको बताउँदै एउटा संचारको आयोजनामा भइरहेको म्यूजिक अवार्डप्रति कलाकारहरुको उत्साह बढ्दै गएको कुरा अवार्डका अध्यक्ष सुमन बैरागीले बताएका थिए ।
सर्वोत्कृष्ट पाँचको मनोनयन
१.सर्वोत्कृष्ट राष्ट्रिय गीत
विश्वमाझ स्वतन्त्रभूमी पद्मा लिङ्खा मगर MKA001
देश बने पो हामी बन्छौं देवेन गिरी MKA002
पहाडमा जन्मेको म रविन्द्र आशिष शैली MKA003
यही धर्तीमा अशोक कर्ण MKA0014
राष्ट्र भन्नु हाम्रो शिर रमेश अधिकारी MKA005
२.सर्वोत्कृष्ट पप गायन
अञ्जना गुरुङ खुट्टैमा पायल छ MKA006
माण्डवी त्रिपाठी फूल झैं MKA007
साहिमा श्रेष्ठ मस्ती गरौंं MKA008
सुनिल गिरी पिपलु हौ तिमी MKA009
सुरज श्रेष्ठ मुद्धा हालिदिन्छु MKA010
३.सर्वोत्कृष्ट पप संगीत
अञ्जना गुरुङ खुट्टैमा पायल छ MKA011
गैरे सुरेश हँसिली छु रसिली छु MKA012
दिपक शर्मा तिम्रो के राशि MKA013
राजु सिंह फूल झैं MKA014
विसन मानन्धर पानी पानी MKA015
४.सर्वोत्कृष्ट लोकदोहोरी शब्द
ए सानु पत्याउ अब त गणेश चौलागाईं MKA016
जय जय होस् एकनारायण भण्डारी MKA017
जुनकै अभाव शिव सुवेदी MKA018
तीन फुर्के डोरी सुवास लामा MKA019
मलाई अमेरिका यही पशुपति शर्मा MKA020
५.सर्वोत्कृष्ट लोकदोहोरी भाका
जय जय होस् एकनारायण भण्डारी MKA021
जुनकै अभाव शिव सुवेदी MKA022
मलाई अमेरिका पशुपति शर्मा MKA023
मायालु हजार विरही कार्की MKA024
रुन्छु सानु रुन्छु कृष्ण रेउले MKA025
६.सर्वोत्कृष्ट लोकदोहोरी गायिका
टीका पुन हजार जुनी MKA026
देवी घर्ती जब दैव लाग्यो MKA027
पूर्णकला बिसी जय जय होस् MKA028
मञ्जु महत सोह्र दुना आठ MKA029
मुना थापा मगर तिमी राम्रो हाँसोले MKA030
७.सर्वोत्कृष्ट लोकदोहोरी गायक
कुलेन्द्र विक जय जय होस् MKA031
पशुपति शर्मा मलाई अमेरिका MKA032
राजु ढकाल जब दैव लाग्यो MKA033
रामजी खाँड छाति चिरी MKA034
विरही कार्की मायालु हजार MKA035
८.सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा
मौसम गुरुङ हजार जुनी MKA036
रत्न श्रेष्ठ जुन दिन तिम्रो MKA037
सरिता थापा हलपल तिम्रै MKA038
सीता केसी मलाई अमेरिका MKA039
शम्भु कुँवर रुँदै क्यारी MKA040
९.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल महिला
अन्जु निरौला मेरै भरमा MKA 041
एन्जल शर्मा किन टाढा भयौ MKA 042
पार्वती राई दिलको ढोका MKA 043
मञ्जिता केसी तिम्रो मन दुख्न दिन्न MKA 044
शिल्पा पोखरेल जय जय होस् MKA 045
१०. सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो मोडल पुरुष
दुर्गेश थापा जय जय होस् MKA046
धिरेन शाक्य रुन्छु सानु रुन्छु MKA047
बिमल अधिकारी किन टाढा भयौ MKA048
सञ्जिव बुर्लाकोटी भन्देउ के हो माया MKA049
शंकर बिसी दिलको ढोका खुला छ MKA050
११.सर्वोत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो निर्देशक
कुमार केसी भन्देउ के हो माया MKA051
प्रकाश भट्ट मलाई अमेरिका यही MKA052
प्रकाश भट्ट सोह्र दुना आठ MKA053
शंकर बिसी दिलको ढोका MKA054
शिव विक मायालु हजार MKA055
१२.सर्वोत्कृष्ट लोकगीत
गोविन्द पंगेनी आमा MKA056
नीता पुन मगर बाचा कसम MKA057
भोजराज काफ्ले नरोऊ नेपाली MKA058
मुना थापा भन्देऊ के हो माया MKA059
विरही कार्की भन्देऊ के हो माया MKA060
१३.सर्वोत्कृष्ट चलचित्र गीतकार
दयाराम पाण्डे म त अन्योलमा (वरदान) MKA061
राम अबिरल सुन्छु तिम्ले मलाई (विन्दास–२) MKA062
सुरेश अधिकारी जुन झैं (मधुमास) MKA063
स्वप्नील बराल मायाको भुलभुलैया (नोटबुक) MKA064
शंकर अधिकारी घायल किन गाह्रो गाह्रो(जन्जिर) MKA065
१४. सर्वोत्कृष्ट पाश्र्व गायिका
अन्जु पन्त हो यही हो माया (हो यही हो माया) MKA066
दुर्गा परियार दिल चुप छ (महसुस) MKA067
पुष्पा गुरुङ मन यो मेरो (मञ्जरी) MKA068
मिलन अमात्य गाला रातै (नोटबुक) MKA069
विन्दु परियार तेरो मेरो पिरती (अप्रिल फूल) MKA070
१५.सर्वोत्कृष्ट पाश्र्व गायक
टंक बुढाथोकी किन गाह्रो गाह्रो(जन्जिर) MKA071
प्रल्हाद तिमिल्सिना गाला रातै (नोटबुक) MKA072
सन्तोष रुचाल तेरो मेरो पिरती (अप्रिल फूल) MKA073
सनुप पौडेल दैव हे (मञ्जरी) MKA074
शिव परियार सुन्छु तिमीले मलाई (विन्दास–२) MKA075
१६. सर्वोत्कृष्ट चलचित्र संगीतकार
अर्जुन पोखरेल विन्दास–२ MKA076
कालिप्रसाद बास्कोटा मञ्जरी MKA077
टंक बुढाथोकी जञ्जिर MKA078
महेश खड्का महसुस MKA079
वसन्त सापकोटा नोटबुक MKA080
१७.सर्वोत्कृष्ट गजल
गुप्त विवश गोदार फक्रिएको फूल झैं MKA081
जानकी पन्थ बोल न केही MKA082
पुरु लम्साल बिर्सिएर श्रृंगारमा MKA083
मधु साश्रु जब मन शुद्ध हुन्छ MKA084
सन्तोष अधिकारी मज्जा छुट्टै MKA085
१८.सर्वोत्कृष्ट युगल गायन
ईश्वर पोखरेल र अन्जु पन्त मैले झैं MKA086
दिपक लिम्बु र अन्जु पन्त सागरभन्दा गहिरो MKA087
राजेशपायल राई र साहिमा श्रेष्ठ यो संसार भनेको MKA088
रामभक्त जोजिजू र इति जोजिजू कुनै बाटोमा MKA089
सुमित खड्का र माण्डवी त्रिपाठी मैले तिमीलाई MKA090
१९. सर्वोत्कृष्ट सुगम संगीत नवप्रतिभा
एन्जिला रेग्मी आज मैले मनको MKA091
बीबीएस राणा बन्धनलाई तोडेर MKA092
रमा अर्याल तिम्रो के राशी MKA093
विजय परियार कहाँ छौ कहाँ MKA094
सुमेर ज्ञवाली आँसु बगिरह्यो MKA095
२०.सर्वोत्कृष्ट मिक्सिङ
किशोर थापा बुढेशकालको माया MKA096
कुमार राना म त हरपल MKA097
महेश्वर राजभण्डारी कहिले मिलन कहिले विछोड MKA098
राजकुमार बगर तिम्लाई भुल्न MKA099
श्यामश्वेत रसाइली मुटुमा पीडा MKA100
२१.सर्वोत्कृष्ट एरेन्जर
अमूल कार्की ढली बुढेसकालको माया MKA101
आशिष अबिरल म त हलपल MKA102
टंक बुढाथोकी छुट्टिएर MKA103
मनोहर सुनाम तिम्रो आँचल MKA104
नोर्बु शेर्पा शंका नगर MKA105
२२.सर्वोत्कृष्ट सुगम संगीत म्यूजिक भिडियो मोडल महिला
अनु शाह ए निष्ठुरी MKA106
करिष्मा मानन्धर जुन तारा MKA107
झरना बज्राचार्य शंका नगर MKA108
निता ढुंगाना लुट्नु रैछ MKA109
निष्मा घिमिरे मायामा रम्ने गर MKA110
२३.सर्वोत्कृष्ट सुगम संगीत म्यूजिक भिडियो मोडल पुरुष
के.के. मन हुनेको माया MKA111
गजित बिष्ट मायामा रम्ने गर MKA112
बिमलेश अधिकारी मैले नै MKA113
यशराज गराज तमाम ती सपनाहरु MKA114
सविन तुम्बाहाम्फे शंका नगर MKA115
२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
विदुर खतिवडा तमाम ती सपनाहरु MKA116
सुदिप बराल म त हरपल MKA117
सुब्रत आचार्य लुट्नु रैछ MKA118
समन अधिकारी शंका नगर MKA119
सुरेश दर्पण पोखरेल जुन तारा MKA120
२५.सर्वोत्कृष्ट सुगम संगीत गीतकार
गायत्री थापा तमाम ती सपनाहरु MKA121
गोविन्द प्र. उपाध्याय कहिले मिलन कहिले बिछोड MKA122
जानकी पन्थ रोकिन लाग्यो सास मेरो MKA123
राजेन्द्र थापा बिर्सन सजिलो भएन MKA124
राजु बानियाँ म त हरपल MKA125
२६. सर्वोत्कृष्ट सुगम संगीत गायिका
अन्जना गुरुङ तिम्लाई भुल्न MKA126
अन्जु पन्त कहिले मिलन कहिले बिछोड MKA127
काव्य आचार्य तिम्लाई आफ्नो ठानेर MKA128
रजिना रिमाल पहिलो माया MKA129
रिमा गुरुङ होडा जिन्दगी यो आँशु हाँसो MKA130
२७. सर्वोत्कृष्ट सुगम संगीत गायक
कन्हैया सिंह मुटुमा पीडा MKA131
प्रमोद खरेल छुट्टिएर तिमीसँग MKA132
शिव परियार तिम्रै खुशीको लागि MKA133
शिशिर योगी बुढेसकालको माया MKA134
स्वरुपराज आचार्य तिम्रो आँचल MKA135
२८. सर्वोत्कृष्ट सुगम संगीत संगीतकार
दिपक शर्मा छुट्टिएर तिमीसँग MKA136
रमेशराज भट्टराई म त हरपल MKA137
राजशुक्र लिम्बु शंका नगर MKA138
शक्ति बल्लभ तिम्रो आँचल MKA139
शम्भूजित बास्कोटा बुढेशकालको माया MKA140
२९. सर्वोत्कृष्ट सुगम संगीत एल्बम
आलाप–२ कन्हैया सिंह MKA141
जित जानकी पन्थ MKA142
द पेन एण्ड देवेन देवेन गिरी MKA143
तिम्रो आँचल अशोक कर्ण MKA144
सत्यता गोविन्दप्रसाद उपाध्याय MKA145
नोट : एसएमएस भोटिङका लागि MKA टाइप गरी स्पेश दिएर आफूले भोट गर्न चोहेको विधाको कोड नम्बर राखी ४२४३ मा पठाउनु पर्नेछ ।
0 comments
Write Down Your Responses