दाङमा, हलिउड अभिनेत्री तथा गायिका सेलेना, थारु नृत्यमा रमाउदै (फोटो फिचर सहित)
selena-gomez-in-nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ ८ बिहिवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेपछि उनी आएको समाचार खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन सेलेना नेपाल आएकी हुन् ।
![]() |
तस्विरः ट्वीटरबाट |
हलिउडकी चचिर्त अभिनेत्री तथा गायिका सेलेनाले मंगलबार दाङको सतबरिया स्थित राप्ती माविको बालमैंत्री कक्षाको अवलोकन गरेपछि थारु नृत्यमा रमाएकी थिइन् । नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फकिर्एकी अभिनेत्री तथा गायिका सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् ।
बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् । तस्बिर सौजन्य यादव योगी र विकिरण गौतम ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtQqaI9mNMl7urWSg5D4T9uRaawDkBu1RKLwytTxMv7immaZthEG_BdFbrwU62oDsM9s9xQ_qj9lEDAamCnoZLrlmM2y3_LZo3YLevG18jLGZ9_E85cfAfEduJAWS-ZXfIP_GU2uRHRSdb/s1600/selena-gomez-in-nepal+(3).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEglZmGtnQU2ANCa6oDkDVh3M4Bho72JJQqExWAUFN5mOwo4sJ6HQZKLpBsHW-MC6NBifPZB9dYEaZjDePmRo2zqnjBE1TrD7lMCXLr5eCOT-P07F7XqnouNrnTUqP6fLLy9cOzP5GAxPJ/s1600/selena-gomez-in-nepal+(1).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgtQqaI9mNMl7urWSg5D4T9uRaawDkBu1RKLwytTxMv7immaZthEG_BdFbrwU62oDsM9s9xQ_qj9lEDAamCnoZLrlmM2y3_LZo3YLevG18jLGZ9_E85cfAfEduJAWS-ZXfIP_GU2uRHRSdb/s1600/selena-gomez-in-nepal+(3).jpg)
0 comments
Write Down Your Responses