• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • चलचित्र पत्रकारिता दिवसमा रङ पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान

    Nepali-Film-Journalist-bidur-giri-krishna-bhattarai-and-raj-shrestha
    काठमाडौं, २०७१, जेठ ८ विहिवार । चलचित्र पत्रकार संघले हिजो बुधवारको दिन काठमाण्डौमा एक भव्य कार्यक्रमको आयोजना गर्दै ‘१५ औं चलचित्र पत्रकारिता दिवस’ मनाएको छ । संघ दर्ता भएको दिन जेठ ७ लाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आइएको छ ।
    यहि चलचित्र पत्रकारिता दिवसको अवसरमा ‘चलचित्र पत्रकारिता पुरस्कार र सम्मान’ पनि वितरण गरिएको छ । जसअन्र्तगत ‘चलचित्र पत्रकारिता सम्मान’बाट वरिष्ठ रंग पत्रकार विदुर गिरी सम्मानित भए भन ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट दुई वरिष्ठ रंग पत्रकारद्धय कृष्ण भट्टराई र राज श्रेष्ठलाई पुरस्कृत गरियो । 
    सम्मानित गिरीलाई दोसल्ला, सम्मानपत्र र विभिन्न गिफ्ट ह्याम्परबाट सम्मानित गरिएको थियो, भने उता पुरस्कृत हुने भट्टराई र श्रेष्ठलाई १५ हजार ५ सय ५५ रुपैयाँ, पुरस्कार पत्रका साथमा थुप्रै गिफ्ट ह्याम्पर मार्फत पुरस्कृत गरिएको थियो । नेपाली सिनेमाकै पहिलो अभिनेत्री भूवन चन्द, अभिनेत्रीद्धय बसुन्धरा भुषाल र चैत्यदेवी कार्यक्रममा प्रमुख र विशेष अतिथीको रुपमा उपस्थित थिए । यस्तै कार्यक्रममा नेपाली सिनेमा सम्बन्धी विभिन्न संघसंस्थाका प्रतिनिधी, चलचित्र क्षेत्रका चचिर्त अभिनेत्रीहरु सहभागी थिए । केही वर्ष अगाडीका चर्चित अभिनेता निखिल उप्रेतीपनि कार्यक्रममा उपस्थित थिए ।
    कार्यक्रममा चलचित्र पत्रकारिता दिवसको अवसर पारेर केक पनि काटिएको थियो । यस्तै, चलचित्र पत्रकार संघको नयाँ वेभसाइट पनि सुरुवात गरिएको घोषणा गरियो । यस्तै यो बर्षको क्यालेन्डर पनि चलचित्र पत्रकार संघले सार्वजनिक गरेको थियो । नयाँ वेभसाइट केही समयपछि औपचारीक रुपमा सुचारु हुने बताइएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.