• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हलिउड अभिनेत्री तथा गायिका सेलेना नेपालमा

    selena-gomez-ni-nepal
    विशाल चौतारी समाचार
    काठमाडौं, २०७१, जेठ ७ बुधवार । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज नेपाल आएकी छन् । युनिसेफकी गुडविल एम्बाडसर सेलेनाको तस्बिर फ्यानहरुले ट्विटरमा सार्वजनिक गरेपछि उनी आएको समाचार खुलेको थियो । युनिसेफको नेपालस्थित कार्यालय स्रोतका अनुसार नेपालगञ्जमा भएको कार्यक्रममा भाग लिन सेलेना नेपाल आएकी हुन् ।

    नेपालगञ्जमा भएको कार्यक्रमबाट बुद्ध एयरमा फकिर्एकी अभिनेत्री तथा गायिका सेलेना बुधबार अन्नपूर्ण बेस क्याम्प गएकी थिइन् । बुद्ध एयरका कर्मचारी र एयरहोस्टेजले पनि सेलेनासँगको तस्बिर पोस्ट् गरेका छन् । मंगलबार नै भक्तपुर पुगेकी उनीसँग केही फ्यानले तस्बिर खिच्न भ्याएका थिए । तर सेलेनाको नेपाल आगमनलाई उनी र युनिसेफले अति नै गोप्य राखेको छ । उनले आफ्नो समाजिक सञ्जाल फेसबुक पेज र ट्विटर अनी इन्सटलग्राममा नेपाल आएको केही उल्लेख गरेकी छैनन् । सन् १९९२ जुलाई २२ मा जन्मिएकी सेलेना गायक जस्टिन बिबरसँगको सम्बन्धले चर्चामा रहिरहन्छन्छिन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.