• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पहिलो सट बिगार्दा निर्देशकको खप्की क–कस्ले खाए ?

    विशाल राई  

    किसर अभिनेताका रूपमा चिनिएका अभिनेता  मुकेश ढकालले पनि चलचित्रका लागि पहिलोचोटि किस सिन दिने क्रममा अपेक्षाभन्दा अलि बढी सट खाएछन् ।
     


    चलचित्रका दृश्य सलल बग्छन् पर्दामा । कलाकारका क्रियाकलाप अनि संवाद विनाअवरोध बगिरहेका हुन्छन्, कथासँगै । निर्देशकले बुझेका हुन्छन्, दृश्यमा कुनै ‘जर्क’ वा अवरोध देखिए पैसा खर्चेर हलभित्र छिरेका दर्शकका आँखा बिझाउन थाल्छन् । भाषा, वर्णविन्यास वा आवाजको उतारचढाब र लय नमिलेका संवाद मात्रैले पनि दर्शकका कान टट्टाउन सक्छन्, यदि ती संवाद बिगारेर प्रस्तुत गरिनाको मर्मले पात्रको चरित्रसँग सामञ्जस्य राख्दैन भने ।
    यस्ता ‘जर्क’ ले चलचित्रमा चर्लुम्म डुबिरहेका दर्शकको ध्यान भंग पारिदिन्छन् र ‘झुर’ भन्दै बाहिरिन बेर लगाउँदैनन् । यसकै लागि निर्देशकहरू एउटा मात्रै ‘सट’ का लागि विशेष मिहिनेत गरिरहेका हुन्छन् । चाहे जतिसुकै टेक लागोस्, पूर्णता नआएसम्म ‘ओके’ गर्दैनन् । चलचित्रमा यस्ता सट धेरै हुन्छन्, जहा कलाकार अनेकौँ टेक लगाइरहेका हुन्छन् । कहिले तनाबले त कहिले के नमिल्दा एक(वा दुई टेकमै सटलाई पूर्णता दिन सक्दैनन् । निर्देशकहरू हत्तू हुन्छन्, अनि कलाकारलाई हपार्छन् पनि बेलाबखत ।
    पर्दामा सरर बगेको कथा अनि आफ्ना प्रिय कलाकारको अभिनयमा डुबिरहेका दर्शकले पर्दाभित्रका यी अप्ठ्यारा बुझेकै हुँदैनन् । पहिलोचोटि क्यामेराअगाडि उभिने क्रममा प्राय : सबै कलाकारलाई यस्तो अप्ठ्यारो अनुभूति भएको पाइन्छ । जुन सट अनि पलहरू उनीहरूलाई स्थापित भइसक्दाको अवस्थासम्म पनि अविस्मरणीय भएर रहन्छन् । आफूभन्दा स्टार कलाकारका साथ अभिनय गर्नुपर्दा भर्खरै आएका कलाकारले प्राय : यस्तो अप्ठ्यारो भोगेका हुन सक्छन् । अभिनेता  राजवल्लभ कोइराला यसमा सहमत छन् । उनले पनि पहिलो चलचित्र पर्खिबसेमा यस्तो समस्या बेहोर्नु परेको थियो रे १ भन्छन्( ‘नृत्य र द्वन्द्वमा मेरो अनुभव नभएका कारण पहिलो सटमै गाह्रो परेको थियो, अहिले त्यस्तो अप्ठ्यारो हुँदैन ।’ उनका अनुसार नृत्यमा उनलाई सहज नलाग्ने स्टेप परेको थियो । भन्छन्( ‘विश्वमा मान्छेको सहजता अनुसारका स्टेप कम्पोज गरिन्छन्, हामीकहाँ नृत्यनिर्देशकको आफ्नै नियम हाबी हुँदा मलाई मात्र होइन, अरूलाई पनि यस्तै अवस्था भोग्नुपर्ने हुन सक्छ ।’ सोही चलचित्रको दोस्रो सटमा उनले द्वन्द्वदृश्य गर्नुपरेछ । जुन काठमाडौं मलअगाडि खिचिएको थियो । भन्छन्( ‘त्यो सिनमा म दायाँबाट आएर बायाँतिर जानुपर्ने थियो । तर, दायाँबाट दायाँतिरै पो लागेछु, गिटारले मेरो टाउकामा चोटै लाग्यो । म त सबैका अगाडि नर्भसै पो भएँ ।’ उनका अनुसार त्यो गल्ती स्वाभाविकै पनि थियो रे( ‘मेरो ब्याकग्राउन्ड फाइटरको होइन, न त मैले मार्सल आर्ट नै सिकेको छु ।’ प्रतिकृयाको लागि https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

    यो कस्तो माया हो मा अभिनय गर्दा अभिनेत्री नन्दिता केसी चलचित्र क्षेत्रका लागि बिल्कुलै नया थिइन् । उनी सम्भिन्छिन्( ‘मेरो पहिलो सट बुटवलमा थियो । पहिलोचोटि क्यामेरा फेस गर्दै थिएँ, सुरुमा त जान्दै जानिनँ, निर्देशक साह्रै कराए । नरमाइलो त लागि नै हाल्छ, नर्भसै पो भएछु । पछिका चलचित्रमा क्यामेरा फेस गर्न नजान्ने खोटचाहिँ दोहोरिन दिइन ।’ दोस्रो चलचित्र इन्द्रेणीमा त झन् पहिलो चलचित्रभन्दा पनि गाह्रो लागेछ उनलाई । ‘रेखा थापा, झरना थापा, रेजिना उप्रेती, सुमीना श्रेष्ठ, अरुणिमा लम्सालजस्ता चर्चित कलाकारहरुसँग अभिनय गर्नुपर्दा अत्यासै लाग्यो नि १’ भन्छिन्( ‘त्यति बेला मात्र १८ वर्षकी थिएँ ।’
    अभिनेत्री रेजिना उप्रेतीचाहिँ टेलिसिरियलमा लामै अनुभव लिएर आएका कारण चलचित्रका सटमा त्यति समस्या नआएको सुनाउँछिन् । चलचित्रअघि उनले चेतना सिरियलमा काम गरेकी थिइन् । उनको डेब्यु चलचित्रचाहिँ शिव रेग्मी निर्देशित आफ्नो मान्छे हो । भनिन् ‘चलचित्रमा जमिसकेका कलाकारसँग अभिनय गर्नुपर्दा केही गाह्रो त भएको थियो, आँसुको भेल बगाउनुपर्ने सट समस्याजनक थिए । डाइलगमा चाहिँ कुनै समस्या परेन ।’ त्यसो भए चेतनामा चाहिँ उनले सजिलै गरिन् त रु सुनाउँछिन्( ‘निर्देशक लय संग्रौला दाइले दुई पन्नासम्मको डाइलग भन्न लगाउनुहुन्थ्यो, कण्ठ गर्नै आधा घन्टाभन्दा बढी लाग्थ्यो । सुरुसुरुमा ती डाइलग नमिल्दा निक्कै गाली खानुपर्‍यो ।’
    किसर अभिनेताका रूपमा चिनिएका अभिनेता  मुकेश ढकालले पनि चलचित्रका लागि पहिलोचोटि किस सिन दिने क्रममा अपेक्षाभन्दा अलि बढी सट खाएछन् । निगरानी चलचित्रका लागि उनले नायिका अरुणिमा लम्सालसँग सो दृश्य दिनु थियो । ‘एउटै सिन दिनलाई आधा घन्टा लाग्यो, पाँचौं सटमा बल्ल ओके भयो, निर्देशकको हप्की सहनुपर्‍यो ।’ तेस्रो चलचित्र आफ्नो मान्छे आफ्नै हुन्छको बेड सिन  पनि साह्रै गाह्रो भयो रे उनलाई ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.