• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जिवन लुईटेलले निर्माण गर्ने चलचित्रमा गायिका साहिमा

    गसिप 

    काठमाडौ । अभिनेता जिवन लुईटेल पछिल्लो समय चलचित्रमा मात्र व्यास्त छैनन् । उनि म्युजिक भिडियोमापनि उत्तिकै व्यास्त रहेका छन् । गत शुक्रवार मात्र गायिका साहिमा श्रेष्ठको म्युजिक भिडियो मस्तिमा उनले श्रेष्ठसंग अभिनय गरेका छन् । म्युजिक भिडियो छायाकमको क्रममा अभिनेता लुईटेलले गायिका श्रेष्ठलाई चलचित्रमापनि अभिनय गर्न आग्रह गरे । आग्रह त जो सुकैलेपनि गर्न सक्लान् तर अभिनेता लुईटेलले भने गायिका श्रेष्ठलाई आफुले निर्माण गर्ने पहिलो फिल्ममा गायिका श्रेष्ठलाई अभिनेत्रीको रुपमा ल्याउनेपनि बताए । 
    फेसबुकमा मिल्नुहोस https://www.facebook.com/pages/Bishal-chautari/260522217427228 

    म्युजिक भिडियो मस्ति–मस्ति बोलको गितमा अभिनय गर्दा थाकेकि गायिका साहिमा श्रेष्ठभने अभिनेता लुईटेलको कुरा सुनेर दंग परिरहेकि थिईन् । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा निक्कै व्यस्त रहेका समन अधिकारले निर्देशन गरेको यस भिडियोमा सिनेमेटोग्राफी बिदुर पाण्डेयले गरेका छन् भने कोरियोग्राफी निर्मल गुरुङको रहेको छ । गायिका श्रेष्ठको एल्वम मस्ति बजारमा केहि समयपछि आउदैछ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.