• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपाल आईडलका टप ५ प्रतियोगिहरु के भन्छन् ? संगितकार ओम प्रकाश राईको साङ्गितिक देनहरु

    असार, १९ काठमाडौ । पछिल्लो समयमा दर्शकहरुको चर्चा बटुल्न सफल रियालिटि सो नेपाल आईडलको प्रतिस्पर्धिहरु फाईनल राउण्डमा पुगेका छन् । फाईनल राउण्डमा पर्न सफल प्रतियोगितहरु विक्रम राई, अस्मिता अधिकारी, सचिन राई, अमित परियार र क्रिष्ण खवास रहेका छन् ।

    रेडलाईट इन्टरटेन्मेन्टको आयोजनामा ०६९ भदौ ७ गतेदेखि सुरु भएको नेपाल आईडलको फाईनल साउन २ गते नेपल प्रज्ञा–प्रतिस्ठान कमलदिमा हुने भएको नेपल आईडलका अध्यक्ष तथा वरिष्ठ संगितकार ओम प्रकाश राईले बताए । धरानमा लामो समयसम्म संगितमा संर्घस गरेर  आएका ओम प्रकाशले नेपाल आईडल गर्दाको अनुभव विशाल चौतारीसंग यसरी साटे । नेपाल आईडललाई टप ५ सम्म ल्याई पुर्‍यउनका लागि धेरै दुखहरु भोगेको छु । तितो मिठो क्षणहरु आफुले संगालेको छु  ।


    नेपाल आईडलका प्रतियोगिहरु अहिले फाईनल राउण्डका लागि बन्द प्रशिक्षणमा रहेका छन् । सोहि प्रतियोगिहरुले फाईनल राउण्डमा आईपुग्दाको धारणा विशाल चौतारी डटकमसंग यसरी साटे :–

    मनोरञ्जन समाचारको लागि विशाल चौतारीको फेसबुक पेजमा लाईक गरिदिनु होला
    https://www.facebook.com/pages/Bishal-chautari/260522217427228

    विक्रम राई (खोटाङ, राखा वाङदेल) :– टप ५ मा पुगेको छु, एकदमै एक्साईटेड भएको छु । नेपाल आईडलको फाईनल राउण्ड सम्म मैले धेरै संर्घस गरेर आएको छु । आफ्नो मेहेनत, मेरो प्रसंसक, दर्शक, लगनशिलता, प्रस्तति र मेहेनतले यो स्थान सम्म आईपुगेको हु । मलाई लाग्छ नेपाल आईडलमा सहभागि सबै प्रतिस्पर्धिहरु नेपाल आईडल बन्छु भनेरै आएको हुन्छ, ।
    मपनि त्यो धारणामा सहमति जनाउछु । तरपनि अन्य प्रतिस्पर्धि साथिहरुपनि कम भने छैनन् । मैले संगित क्लास भने, ललितकलामा लिएको थिए । मेरो गुरुहरु अर्जुन पोखरेल र राम सिटौला हुन् । म यो स्थान सम्म आई पुग्नका लागि मेरो श्रदय दाजु केशव राईलाई दिन चाहान्छु । उहाले अफगानिस्थानमा बसेर भएपनि मलाई नेपाल आईडलको टप ५ सम्म आईपुग्नका लागि सहयोग गर्नुभएको छ । मलाई लाग्छ मेरो दाई नभइदिएको भए म यो स्थान सम्म आईपुग्दिन थिए । मैले नेपाल आईडलमा सुरुताका देखि नै जुनसुकै विधाका गितहरु गाउने गरेको छु ।

    सचिन राई (खोटाङ ) :– म नेपाल आईडलको टप ५ मा पर्न पाउदा एकदमै खुसि रहेको छु । मैले सुगम संगित, पुर्वेलि लोक र राष्ट्रिय गितहरु बढि प्राथमिकताका दिएर आएको थिए । यो स्थान सम्म आउनका लागि मेरो घरपरिवारको साथै साथिभाईहरुको महत्वपुर्ण हात रहेको छ । मैले रुपाकोट रेडियोमा कार्यक्रम सञ्चालन तथा प्राविधिक भएपनि लामो समय काम गरेको छु । मलाई सो कुराहरुलेपनि यो प्रतियोगितामा सफल्ता मिलको छ । तथा म खोटाङ सुगम स्टारमापनि उत्कृष्ठ भएको थिए ।

    विशेष गरेर मेरा सुभचिन्तकहरुलाई पनि म धन्यवाद भन्न चाहान्छु । मेरा सबै प्रतिस्पर्धिहरु सक्षम भएपनि अफुपनि त्यो माहोलमा कम्जोर छैन भन्ने लाग्छ । मेरो फ्यानहरुको साथलाई जजमेन्ट गर्दा लाग्छ, नेपाल आईडल म नै बन्न सक्छु ।

    अमित परियार :– नेपाल आईडलको टप ५ मा पर्न पउदा एकदमै खुसि रहेको छु । पहिलो चोसपहिलो चोटि रियलिटि सोमा सहभागि भएको थिए । पहिलो प्रयास मै मेरो केहि लक्ष्य पुरा भएको छ । मेरो विचारमा टप ५ मा पर्नुभनेको प्रतियोगिता जित्नु सरह हो । म यहा सम्म आई पुग्नमा परिवारको सपोर्ट भएकाले म मेरो परिवारलाई धन्यवाद भन्न चाहान्छु ।

    अस्मिता अधिकारी :– नेपाल आईडलको टप ५ मा पर्न पउदा एकदमै एक्साईटेड  छु । म अहिले महिलाको प्रतिनिधित्व गर्ने एक मात्र महिला छु । यस कारणलेपनि मलाई साच्चिकै गर्भ महसुस भईरहेको छ । मेरो विचारमा टप ५ मा पर्नुभनेको प्रतियोगिता जित्नु सरह हो । म यहा सम्म आई पुग्नमा परिवारको सपोर्ट भएकाले म मेरो परिवारलाई धन्यवाद भन्न चाहान्छु ।
    क्रिष्ण खवास :– नेपाल आईडलको टप ५ मा पर्न पउदा एकदमै एक्साईटेड छु । यो स्थान सम्म आईपुग्न मलाई मेरो घरपरिवारको ठुलो सपोर्ट रहेको छ । मेरो विचारमा टप ५ मा पर्नुभनेको प्रतियोगिता जित्नु सरह हो । मेरा सबै प्रतिस्पर्धिहरु सक्षम भएपनि अफुपनि त्यो माहोलमा कम्जोर छैन भन्ने लाग्छ ।


     संगितकार ओम प्रकाश राईको साङ्गितिक देनहरु

    संगितकार ओम प्रकाश राई साङ्गितिक क्षेत्रमा १३ वर्षको कलिलो उमेरदेखि लगेका हुन् । धरानबाट ०४८ सालबाट श्री सरगम संगित विद्यालय संञ्चालन गरेका थिए ।। उनि साङ्गितिक क्षेत्रमा गायक राजेश पायल राईले गाएको गित को रुदैन होला बोलको गितमा संगित दिएपछि चर्चमा आएका हुन् । संगितकार राईले धरानमै बसेरपनि पुर्वाञ्चल आईडल सफलताका साथ पुरा गरेका थिए । ०६५ सालमा काठमाडौ भित्रिएका ओम प्रकाश राईले राजेशपायल राईको मुर्छना २ मा एकल संगित गरेका थिए । संगितकार राईले नियति, आकाश, अजम्वरी, भावना, प्रिति, आभार, प्रतिक्षा, परिधि, लगायत पुर्वाञ्चल आईडलको एल्वम ल्यााई सकेका छन् । संगितकार राईले अहिले सम्म करिव १५ सय भन्दाबढि एल्वमहरुमा संगित दिइसकेको बताए । संगितकार राई नेपालि संगितमा मात्र सिमित छैनन्, उनले भेजपुरी, मैथिलि गितहरु, चान्दका टुक्रा र माल टनाटन छातावालि छौडि  लगायत गिहरुमा संगित दिएका छन् ।

    संगितकार ओम प्रकाश राईले नेपालि चलचित्रहरुमापनि संगित दिएका छन् । जंगल लव, सुट आउट, थ्याङक्यु, लक्कि सेभेन, राजा लगयतमा राईले संगित दिएका छन् । अहिले संगितकार राई मुर्छना ३ को कामम व्यास्त रहेको बताए ।

    संगितकार  ओम प्रकाश राईले सिकाएका विद्यार्थिहरु

    प्रश्न शाक्य, दिपक लिम्बु, डिल्लि फम्वु, कुशल लिम्वु, सरण चाछिरीङ, जसोधा लिम्वु, झुमा वानेम,  शिव लामिछाने, प्रकाश पौडेल, प्रकाश ओझा, आकाश राई, लिला राई, सुर्य किरण लामा, प्रेम सेञ्चुरी लगायत कलाकारहरु रहेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.