• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • हिसां पिडित महिला र बाढीपिडितलाई गायक राजेशपायलको सहयोग

    असार, १८ काठमाडौ । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका चर्चित गायक राजेशपायल राइले हिंसा पिडित महिला तथा बाढीपिडितका लागि आर्थिक सहयोग गरेका छन् । काठमाण्डौमा एक पत्रकार सम्मेलनको आयोजना गरी राजेशपायलले हिंसा पिडित महिलाहरुलाई आश्रय दिदै आएको रक्षा नेपाल नामक संस्थालाई २५ हजार नगद सहयोग गरेका छन् ।

    मनोरञ्जन समाचारको लागि विशाल चौतारीको फेसबुक पेजमा लाईक गरिदिनु होला https://www.facebook.com/pages/Bishal-chautari/260522217427228
    कार्यक्रममा रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले सहयोग रकम वुझेकी थिइन् । यस्तै हेल्थ नेपाल मार्फत बाढीपिडितहरुलाई पनि २५ हजार नगद सहयोग राजेशले प्रदान गरेका छन् । यस्तै ‘नमस्ते ब्याण्ड’ले ‘अरुण थापा संगीत पुरस्कार’को समेत घोषण सोही कार्यक्रममा गरेको थियो । जापानमा रहेर सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका इश्वर गुरुङ र प्रकाश रानामगरले २ लाख बराबरको अक्षयकोषको स्थापना गरेका छन् भने २ लाख रकमबाट प्राप्त हुने ५० हजार ब्याज गायक, गायिका र गीतकार मध्येबाट एकजनालाई बाषिर्क रुपमा प्रदान गर्ने बताइएको छ ।
    प्राय देश विदेशको साङ्गितिक कार्यक्रममा व्यास्त रहने गायक राईले ‘दर्शन नमस्ते २’ एल्बम निकाल्ने तयारी गरिरहेको जानकारी दिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.