• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • उदयको ‘नदीसगै बगिरहेछु’ विमोचित (फोटो फिचर सहित)

    १५ भाद्र, काठमाडौं । 
    युवा कवि उदय पन्दाकद्वारा लिखित कविता संग्रह ‘नदीसँगै बगिरहेछु’ को शनिवार राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा विमोचन गरिएको छ । संग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार बैरागी काइँलाले विमोचन गरेका हुन्  ।

    कार्यक्रममा प्रमुख अतिथि काइालाले संग्रहमा रहेका कविताको शब्द संयोजन र प्रस्तुत गर्ने शैली राम्रो रहेको बताए । उनले कविता पढ्दा कविमा नया सम्भावना देखिएको र उनले कवितामा भनेका कुरा मौलिक किसिमको भएको बताए । पुस्तकमाथि टिप्पणी गर्दै डा. देवीक्षेत्री दुलालले संग्रहमा कविको विचार सटिक भए पनि महत्वपूर्ण रहेकाले उनको कविताले जीवन र जगतलाई राम्रो किसिमले मुल्यांकन गरेको बताए । त्यस्तै कवि कृष्ण प्रधानले उदय नविन विम्ब खेलाएर लानसक्ने किसिमको कवि भएको जनाए ।

    अर्का कवि राजन मुकारुङले उदयका कविताले लिम्बुवानी लयलाई तानेको जनाउदै कवितामा ‘मृत्यु शब्द’ बढी प्रयोग भएकाले त्यसले पाठकमा निराशावादी विचार छाउने धारणा राखे । त्यस्तै अर्का चर्चित कवि श्रवण मुकारुङ लेखक स्वतन्त्र किसिमको हुने भएकाले उदयका कवितामा अभ्यास र साधनालाई प्रष्टसाग देखिने बताए । स्रष्टा उदयले आफुले कवितामा १२/१३ वर्षको साहित्यिक अनुभवलाई प्रस्तुत गरेको बताए । ५९ पृष्ठको पुस्तकलाई सारथी पब्लिकेसनले बजारमा ल्याएको हो ।
     

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.