• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ब्रा जस्तो ब्लाउज लगाए सारीमा पनि भल्ग्यारिटि भल्किन्छ

    – पूजना प्रधान, अभिनेत्री
    विशालसंग फन्नि संवाद

    जुनी फेर्न पाए के भएर जन्मने ?
    त्यस्तो मौका पाए आध्यात्मिक युवती भएर जन्मन्थेँ ।

    मान्छेले किन कट्टु लगाउँछन् ?
    हरेक कपडा फेसन हुन् । त्यस्तै कट्टु पनि सिजनअनुसारको फेसन हो । सिजनअनुसारको फेसन त लगाउनै पर्‍यो नि !
    हलिउड चलचित्र स्पाइडर म्यानको नयाँ सिक्वेलमा खेल्ने अफर आए के गर्नुहुन्छ ?
    खुसीले पागल हुन्छु । उडीउडी अभिनय गर्न पाइन्छ । क्या मज्जा, सोझै ओके करिदिन्छु ।  
    कस्ता चित्र कामुक लाग्छन् ?
    मलाई आºनै चित्र कामुक लाग्छन् । म एकदमै कामुक छु रे नि !
    कस्तो ड्रसमा भल्गारिटी झल्कन्छ ?
    छोटो एकबित्ताको स्कर्ट, त्यसलाई पनि केही उचालियो भने त्यस्तो ड्रेसमा भल्गारिटी झल्कन्छ ।
    सारी चोलोचाहिँ भल्गर हुँदैन हो ?

    भाँती पुर्‍याएर नलाए त्यो पनि भल्गर देखिन सक्छ । नाइटोभन्दा तल सारी लगाउने अनि ब्राजस्तो ब्लाउज लगाउन थालेपछि यो भल्गर देखिन थालेको छ ।
    एक्कासि आएर तपाईंलाई कसैले अपहरण गरे ?
    म पनि एक्सन नायिका हुँ, अपहरणकारीलाई ठेगान लगाइदिन्छु ।
    विवाहपछि पनि श्रीमानले सेक्स सम्बन्ध राख्न नमाने के गर्नुहुन्छ ?
    विवाह गरेपछि पनि सेक्स सम्बन्ध राख्न पाइँदैन भने त्यस्ता श्रीमानसँग बसेर के फाइदा ? त्योभन्दा त बरु आँखा नदेख्नेसँग विवाह गर्थें । विवाह केवल नातासम्बन्ध जोड्न मात्र होइन, यो त सेक्सको अपूर्व मिलनपनि हो नि !



    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.