१५ वर्षदेखि परपुरुषसंगको यौनसम्वन्ध पतिले थाहा पाएपछि पत्निद्धरै हत्या
ब्रेकर :– विगत १५ वर्षदेखिको परपुरुषसँगको यौन सम्बन्ध पतिले थाहा पाएपछि चन्दर देवीले नै आफ्ना प्रेमीको सहयोगमा हत्या गर्न लगाएको खुलेको छ ।
–गणेश साह
१७, साउन, सिरहा ।
सिरहाको मिर्चैयामा साउन दोस्रो साता हत्या भएका कपडा व्यवसायी गुरु शरण साहलाई उनकै कान्छी पत्नीको योजनामा हत्या भएको खुलेको छ । साउन–२ गते राति कपडा व्यवसायी गुरु शरणको हत्या भएको थियो । प्रहरीले अनुसन्धान पछि मुख्य योजनाकार उनकै कान्छी पत्नी चन्दर देवी साह रहेको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विगत १५ वर्षदेखिको परपुरुषसँगको यौन सम्बन्ध पतिले थाहा पाएपछि चन्दर देवीले नै आफ्ना प्रेमीको सहयोगमा हत्या गर्न लगाएको खुलेको छ ।
प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार परपुरुषसँगको अनैतिक यौन सम्बन्ध खुले पछि ४० वर्षीया चन्दर देवी र मृतक गुरु शरणबीच तीन महिनादेखि खटपट हुँदै आएको थियो ।
पति–पत्नीवीच खटपट बढ्न थालेपछि चन्दर देवीले माडर–३ निवासी आफ्ना प्रेमी सतदेव यादवसँग मिलेर गुरु शरणको
हत्या योजना बनाएकी थिईन् । चन्दर देवीका प्रेमी सतदेव यादव हाल साउदीमा वैदेशिक रोजगारीका लागि पुगेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई आग्रह गरेको जोशीले जानकारी दिए ।
हत्यामा संलग्न सबैको पहिचान भईसकेको जनाएका उपरीक्षक जोशीले पूर्ण विवारण दिएनन् । उनले भने, ‘हत्याका अभियुक्तहरु फरार हुने भएकाले नाम सार्वजनिक गर्न कठिन भएको छ ।’
साउन–२ गते राति आफनै निवासमा सुतिरहेका गुरु शरणलाई ५र६ जनाको हतियारधारी समूहले शरीरका विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरेको थियो । सौर्य अनलाईन साभार, तस्विर : – गुगल
–गणेश साह
१७, साउन, सिरहा ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEsJQkK2PkOTjRrLMr8cfVQpmTmOfKw5xIBkAATNd4ze-RqZE1ashSlUFY2YbYNhRnzVQq_oDD3lTIwOy2_l9Uikjde3lSgLPHRMAWncY1uvV9cd9oZJ16iYJhx81twsAYbkF40Kx_pGA/s1600/husband-wife-loveliest-relation-of-all.jpg)
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विगत १५ वर्षदेखिको परपुरुषसँगको यौन सम्बन्ध पतिले थाहा पाएपछि चन्दर देवीले नै आफ्ना प्रेमीको सहयोगमा हत्या गर्न लगाएको खुलेको छ ।
प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार परपुरुषसँगको अनैतिक यौन सम्बन्ध खुले पछि ४० वर्षीया चन्दर देवी र मृतक गुरु शरणबीच तीन महिनादेखि खटपट हुँदै आएको थियो ।
पति–पत्नीवीच खटपट बढ्न थालेपछि चन्दर देवीले माडर–३ निवासी आफ्ना प्रेमी सतदेव यादवसँग मिलेर गुरु शरणको
हत्या योजना बनाएकी थिईन् । चन्दर देवीका प्रेमी सतदेव यादव हाल साउदीमा वैदेशिक रोजगारीका लागि पुगेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोललाई आग्रह गरेको जोशीले जानकारी दिए ।
हत्यामा संलग्न सबैको पहिचान भईसकेको जनाएका उपरीक्षक जोशीले पूर्ण विवारण दिएनन् । उनले भने, ‘हत्याका अभियुक्तहरु फरार हुने भएकाले नाम सार्वजनिक गर्न कठिन भएको छ ।’
साउन–२ गते राति आफनै निवासमा सुतिरहेका गुरु शरणलाई ५र६ जनाको हतियारधारी समूहले शरीरका विभिन्न भागमा हतियार प्रहार गरी हत्या गरेको थियो । सौर्य अनलाईन साभार, तस्विर : – गुगल
0 comments
Write Down Your Responses