• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिस ई–कलेजको पहिलो चरणको छनौट सम्पन्न (फोटो फिचरपनि)

    १, भदौ, काठमाडौं । 
    सिजन मिडियाको आयोजनामा भइरहेको चौथो संस्करणको मिस ई–कलेज २०१३को पहिलो चरणको छनौट सम्पन्न भएको छ । राजधानीको पुतलीसडकस्थित मिडियाको कार्यालयमा भएको पछनोटमा २० जना प्रतियोगिलाई छनौट गरिएको छ । 
    मिस ई–कलेजको पहिलो चरणको छनौट सम्पन्न
    विगत पाचा वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको चौथो संस्करणको लागि ३० भन्दा बढी छात्राहरको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । ‘वुमन पर्शनालिटी एजुकेशन एण्ड व्यूटी’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भुमीका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए । पहिलो चरणको छनोटमा नेपाल टुरीजम वोर्डका प्रोगाम डाइरेक्टर गोविन्द वली, मिस ई–कलेज २०१० की विजेता सलोनी नुमाफुकी, फष्ट रनरअप सोनीया श्रेष्ठ तथा कोरीयोग्राफर रोजीन शाक्य अडिसन को निर्णायक मण्डल थिए । 
    छनोट भएका प्रतियोगीहरुलाई भाद्र ४ गतेबाट पौडी, शारीरिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकासलगायतका प्रशिक्षण दिइने मिडियाले जनाएको छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण (जस्तै, माइती नेपाल वाल आश्रम, वृद्धा आश्रम आदि ) मिडिया भिजीट , कल्चरल भिजीट र हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । विभिन्न कलेजको भ्रमणका साथै कलेजमा अध्ययन गर्ने गराउने सम्पूर्ण विषयको जानकारी प्रदान गराइने छ । प्रतियोगिताका लागि कोरियोग्राफर रोजीन शाक्यले गुरमिङ गनेछन् । राजधानीमा आगामी असोज पहिलो साता अन्तिम प्रतिस्प्रर्धा सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताले मिस ई–कलेज २०१३को ताजसहित महिन्द्रा रोडीयो स्कुटर र उच्च शिक्षामा १ लाख बरावरको छात्रावृत्ति साथै अन्य पुरस्कारहरु पाउनेछन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमश : १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न विधामा पनि विजेता छनोट गरिनेछ आयोजकले जनाएको छ । तस्विर : प्रदिपराज वन्त

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.