• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • काक्रेविहार संघर्स समितिद्धरा आन्दोलन सशक्त र दवाव मुलक पार्ने चेतावनी

    जुली गुरुङ
    काठमाडौं १३ भदौ । काक्रेविहार संघर्ष समितिले विहिबार (आज) बृहत र्‍याली तथा सडक जनसभा गरेको छ । विहान ९ बजे बसन्तपुर डवलीमा भेलाभई शुरु भएको र्‍याली न्युरोड, जमल, रत्नपार्क, बागबजार, पुतली सडक, पद्यमोद्धय मोड हुदै प्रदर्शनी मार्गमा पुगी बृहत शान्ति र्‍याली तथा सडक जनसभामा परिणत भएको हो ।
    जनसभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले काक्रेविहार घटनाप्रति सरकार सम्बेदनशिल नभएको बताउए  । सरकारले शान्तिपुर्ण आन्दोलनलाई वेवास्ता गरेको आरोप लगाउदै छिट्टै चौथो चरणको आन्दोलनका कार्यक्रम थालिने पनि अध्यक्ष कुमालले बताए । ‘चौथो चरणको आन्दोलन शसक्त र दबाबमुलक हुनेछ ।’ अध्यक्ष कुमाले बताए ।
    तेश्रो चरणको आन्दोलन विहिबार (आज) सकिए पनि सरकारका विरोधा छिट्टै शसक्त आन्दोलनको कार्यक्रम ल्याउने नेपाल बौद्ध महासंघका उपाध्यक्ष थुक्तेन जीग्दोलले बताए । जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष जीग्दोलले बृहत शान्ति र्‍याली अत्यन्त सफल भएको उल्लेख गर्नुभयो । ‘सरकारले शान्तिपूर्ण आन्दोलनलाई सुनेन ।’ वहााले थप्नुभयो अबको आन्दोलन सरकारले सुन्ने र बोल्नैपर्ने खालको दबाबमूलक र शसक्त हुनेछ ।
    काक्रेविहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्न नदिइएको विषयमा लामो समयदेखि बौद्धमार्गीहरुले सरकारको विरोधमा कार्यक्रमहरु गर्दै आएका छन् । तर सरकारले भने बौद्धार्गीहरुको मागका विषयमा कुनै चासो देखाएको छैन । तेश्रो चरणको आन्दोलन भदौ २ गतेबाट शुरु गरेको संघर्ष समितिले विहिबार भदौ १३ गते (आज) बृहत र्‍याली र जनजसभा गरी तेश्रो चरणको आन्दोलन सकिएको बताएको छ । र्‍यालीमा हजारौंको संख्याका बौद्धमार्गी र आदिवासी जनजातिहरुको सहभागिता रहेको थियो ।
    उनीहरुले विहिबार (आज) सरकारको विरोधमा र्‍याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत मन्त्रीपरिषदका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउदै उनीहरुले राज्यले सवै धर्मलाई समान व्यवहार गर्नुको नीति नअपनाए सुर्खेतबाट शुरू भएको धार्मिक विभेद र दमन विरूद्धको प्रतिरोध आन्दोलन देशव्यापीरूपमा सशक्त बनाइने समेत चेतावनी दिएका छन् । नेपाल तामाङ घेदुङका केन्द्रीय सचिव काजीमान थिङ, नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीका अध्यक्ष सूर्य पाख्रिन, नेपाल अहिंसावादी वौद्ध  धर्म विश्व शान्ति चक्र संघ सिन्धुलीका अध्यक्ष जयमान तामाङ, वोधी श्रमण धर्म संघ सिन्धुलीका उपाध्यक्ष श्रीकृष्ण घिसिङद्धारा हस्ताक्षरित विज्ञप्तीमा सुर्खेतको कााक्रेबिहारमा वुद्धको प्रतिमा स्थापनामा प्रहरीले अवरोध गरेको घटनाप्रति सिन्धुलीका जातीय तथा धार्मिक संघ/सस्थाहरुले विरोध जनाएको उल्लेख गरेका छन् । नेपाल तामाङ घेदुङ, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी बौद्ध धर्म विश्व शान्ति चक्र संघ र बोधी श्रवण धर्म संघ, सिन्धुलीले सिन्धुलीमाडीमा पत्रकार सम्मेलनको आयोजना गरी कााक्रेबिहारमा प्रहरीले बुद्धको मुर्ति खोसेर सुर्खेत जिल्ला प्रहरी कार्यालयको सेफ्टी ट्याङ्की माथि अपमानित रूपमा फ्यााकिएको घटनाले बौद्धमार्गीहरूको आत्मामा गहिरो चोट पुगेको उल्लेख गरेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.