• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ब्रिटिश आर्मिको ‘जीवनमा सफलताका रहस्यहरु’ कस्ता छन् ?

    बिशाल चौतारी डटकम सम्बाददाता 
    १३ भाद्र, काठमाडौ । सन्देश नेम्वाङद्वारा लिखित पुस्तक ‘जीवनमा सफलताका रहस्यहरु’ आज विहीवार विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइाला पहिलो मिस नेपाल रुबि राना लगायतले काठमाडौमा कृतिको बिमोचन गरेका छन् ।  नेपालको प्ररिप्रेक्ष्यमा बिलकुल फरक यो कृति विश्वप्रसिद्ध सफल ब्यक्तित्वहरुका सकरात्मक भनाइको संग्रह रहेको लेखक नेम्वाङले कार्यक्रममा बताएका थिए । साथै लामो खोज र अनुसन्धानपछि विभिन्न विषयमाथि लेखक स्वयंले बनाएका दृष्टिकोण पनि यो पुस्तकमा संगृहित छन् । कुनैपनि ब्यक्ति सफल हुनका लागि संघर्ष गर्छ । ‘सबैका भनाइ संग्रह गरेर पुस्तकाकार दिन ६ महिना लाग्यो,’ लेखक नेम्वाङले भने । ब्रिटिश आर्मीका जागिरे नेम्वाङलाई सन् १९३९मा जर्मनसगको युद्धमा ब्रिटिश सरकारले निकाले एउटा पोष्टरले यो पुस्तक लेखनका लागि प्रेरणा दिएको बतएका छन् । पुस्तकमा अज्ञात, जोन सि मेक्सल, गौतम बुद्ध, नेल्सन मण्डेला, माओ, विल गेट्स, शीव खेरा, मदर टेरेसा, महात्मा गान्धी, हेलन केलर, माओ त्से, अब्राहम लिंकन, स्वामी विवेकानन्द, मार्टिन लुथर किङ, खलिल जिब्रान, कर्ण शाक्य र लेखक आफ्नै लगायत सयौा बिद्धानका भनाइ छन् ।
    सन् २०१०मा ‘द ब्रिटिश आर्मी/सिंगापुर पुलिस प्रिपेरेसन बुक’ र सन् २०११मा ‘हाउ टू ज्वाइन ब्रिटिश आमी/सिंगापुर पुलिस फोर्स’ नामक पुस्तक उनले सार्वजनिक गरिसकेका छन् । तीन वर्ष ब्रिटिश गोर्खा प्रि ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा म्यानेजिङ डाइरेक्टरमा रहेर अनुभव संगालेका छन् । यतिबेला रेकर्डिङ भइरहेको उनले लेखेका गीतहरुको संग्रह ‘सन्देश’ एल्बम चाडै बजारमा आउन लागेको बताईएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.