• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • फोटोसहितको मतदाता नामावलि संकलन आज अन्तिम दिन

    ७ भदौ, काठमाण्डौं । 
    फोटोसहितको मतदाता नामावली संकलनका लागि थपिएको एक साताको समय आज भाद्र ७ गते सकिँदैछ । देशभर नै जिल्ला निर्वाचन कार्यालयहरुमा भइरहेको मतदाता नाम दर्ता प्रक्रिया भदौ एकदेखि आजसम्म पुन: थप गरेको थियो । फोटो सहीतको नाम दर्ताका लागि मतदाताहरुको घुइचो लाग्ने क्रम जारी छ । निर्वाचनको लागि मतदाता नामावली संकलन कार्यले प्रभाव पार्ने भएकाले आजसम्ममात्र नामावली संकलन गर्ने अभियान सञ्चालन गरेको निर्वाचन आयोगले जनाएको छ ।
    निर्वाचन आयोगले थप गरेको फोटोसहितको मतदाता नामावली संकलन कार्यको ६ दिनमा एक लाख मतदाता थपिएका छन् । आयोगले चलाएको अभियानमा करिब आधा करोड मतदाता छुटेको अनुमान गरिएपनि छ दिनको अवधिमा एक लाखले फोटो खिचाएका हुन् । आयोगले असार मसान्तसम्ममा एक करोड २३ लाख आठहजार तीन सय १४ जनाको नामावली संकलन गरेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.