इजिप्टमा भएको दमन तथा हिसाप्रति अन्तराष्ट्रिय चिन्ता
‘ब्रिटेन अमेरिका र छिमेकी टर्की लगायतका देशहरुले इजिप्टमा विपक्षी समर्थकहरुमाथि बल प्रयोग गरिएको भन्दै निन्दा गरेका छन् ।’
ब्रदरहूट्सका अनुसार २००० हजार भन्दाबढिको ज्यान गईसकेको छ । |
कायरोका सडकमा र इजिप्टभर भएका कारवाहीका क्रममा मोर्सीका समर्थकहरुले अवरोध र हतियार सहित प्रतिकार गरेपछि हिंसा भडकिएको उनले बताए । संकटकाल उनले मानिसहरुको ज्यान गएकोमा दु :ख व्यक्त गर्दै एक महिनाको लागि लगाइएको संकटकाल जतिसक्दो छिटो अन्त्य गरिने बताए । विरोधीहरुको मुख्य अड्डा राबा अल अदाविया मस्जिद र वरपरका क्षेत्रहरुमा सांझसम्म प्रदर्शनहरु जारी थिए । मुस्लिम ब्रदरहुडका एक नेताले प्रदर्शनहरु शान्तिपुर्ण रहेको बताउदै अन्तराष्ट्िरय समुदायलाई चुप लागेर नबस्न आग्रह गरे । प्रदर्शनहरु शान्तिपूर्ण थिए, अन्तराष्ट्िरय संघ संस्था, युरोपेली प्रतिनिधि र मानवअधिकारवादीहरुले यो नरसंहार रोक्न कदम चाल्नु पर्छ, तपाईहरु चुप लागेर बस्न मिल्दैन ? कायरोका विरोध शिविरहरुमा रहेका अपदस्थ राष्ट्रपति मोर्सीका समर्थकहरु माथि सुरक्षाकर्मीले बुधबार दिनभर गरेको कारवाहीमा मानिसहरुको ज्यान गएको थियो । कारवाहीका क्रममा कयौ प्रहरीको पनि ज्यान गएको आन्तरिक मन्त्रीले बताए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बुलडोजरको समेत प्रयोग भएको थियो । कायसोस्थित संवाददाताहरुले हिंसामा थुप्रै मानिसको ज्यान गएको देखेको बताए, तर मर्नेको संख्या ठ्याक्कै कति हो भनेर स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । बीबीसी साभार
0 comments
Write Down Your Responses