अलबिदापछिपनि माईकल ज्याक्सनको नया गित बजारमा आउदै
विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनको नाम नसुन्ने संगीतप्रेमी सायद छैनन् होला । सन् २००९ मै यस संसारबाट अलबिदा भईसकेका ज्याक्सनका गीतहरु अहिलेपनि धेरैको मन, मस्तिस्कमा रहेको छ । त्यहि लोप्रियतालाई साकार पार्न अव माईकल ज्याक्सन अलबिदापछिपनि दर्शकहरुमाझ नया गित लिएर आउदैछन् । एल्वममा अब छिटै माइकल ज्याक्सनका अहिलेसम्म सार्वजनिक नभएका नयाँ गीत संगित समेत सुन्न पाइनेछ । ज्याक्सनमा पूर्व सहकर्मी तथा संगितकार फ्रेड जरिकिन्सले ज्याक्सनका नयाँ गित तथा भिडियो सार्वजनिक गर्ने तयारी गरेका छन् । ज्याक्सनसँग २ वर्ष काम गरेका जरिकिन्सले ज्याक्सनका अहिलेसम्म सार्वजनिक नभएका भिडियो फुटेज तथा संगीतलाई संकलन गरेर एल्वमको रुपमा ल्याउने काम गरिरहेका छन् ।फ्रेडले सन् २००१ मा ज्याक्सनको इन्भिन्सीबल एल्बममा सँगै काम गरेका थिए । दुइ वर्षमात्र सँगै काम गरेपनि उनीहरुबीच मित्रता प्रगाढ भएको थियो । त्यसैले फ्रेडसँग ज्याक्सनका केही अन्तरंग क्षणका भिडियो तथा तस्वीर समेत रहेको एजेन्सिले बताइएको छ ।
.jpg)


0 comments
Write Down Your Responses