• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ‘खोया साला’ भन्दै अभिनेत्री झरना बज्राचार्य सेफ ल्याण्डिङबाट कमव्याक (फोटो र भिडियोपनि हेर्नुहोला)

    ३२, साउन, काठमाडौ। 
    अभिनेत्री झरना बज्राचार्य र अभिनेता निरज बराल अभिनित चलचित्र ‘सेफ ल्याण्डिङ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री बज्राचार्य लामो समयपछि चलचित्रमा कमव्याक हुँदैछिन् ।
    मलेसियन नागरिक सन्दिप जोसेपले निर्देशन गरेको चलचित्र सेफ ल्याण्डिङमा अभिनेता निरजलाई नेगेटिभ भुमिकामा देख्न सकिन्छ । उता अभिनेत्री बज्राचार्य भने चलचित्रमा दमदार सस्पेन्स रोल रहेको बताईएको छ । अष्ट्रेलियन एनआरएन बसन्त भण्डारीको साथमा मलेसियन नागरिक राहुल अग्रवालको लगानी रहेको यो चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।
    चलचित्रमा निरज र झरनाको साथमा सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको छ । प्रोमोमा देखाईए अनुसार झरनाको बोल्ड क्यारेक्टरले उनलाई पुन : यो क्षेत्रमा कमव्याक गराउन सक्ने अनुमान लगाउन सकिन्छ । चलचित्रमा बज्राचार्यको संवादका कारणपनि चलचित्र चर्चामा रहने देखिन्छ । चलचित्रमा खोया साला लगायतका संवादहरु राखिएको छ । नो वरिज फिल्म्सको व्यानरमा निर्माण गरिएको यो चलचित्रको कथा निर्देशक जोसेप र शान बस्न्यातले तयार पारेका हुन् । भिडियो फिल्मिखबर मार्फत सार्वजनिक गरिएको हो ।
    भिडियो हेर्नको लागि यहाँ जानुस् क्लिक गर्नुहोस्

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.