अवैध कारोवारमा संलग्नहरु ७ पक्राउ
३०, साउन, काठमाडौ ।
अवैध रुपमा हात्तीको दाह्राबाट निर्मित गमला अवैध ओसार पसार तथा विक्री बितरण गर्ने कार्यमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बौद्ध बस्ने ल्हासा तिव्वत घर भएका ४५ बर्षीय रिन्चिन लामा, नुवाकोट जिल्ला खड्कभन्ज्याङ घर भएका ३७ बर्षीय रामशरण खतिवडा, मातातिर्थ बस्ने ३२ बर्षीय रामकुमार श्रेष्ठ, नैकाप बस्ने ३७ बर्षीय सुन्दर भन्ने सुरेन्द्र लाल श्रेष्ठ, अर्घाखाची जिल्ला ठाडा घर भएका ३९ बर्षीय पशूपति बेलवासे, काठमाडौ बागवजार बस्ने ४९ बर्षीय नारायण खड्गी र भक्तपुर नगरपालिका टौमढी बस्ने ३७ बर्षीय ज्योति जंगम रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई साउन २९ गते १८:०० बजे मातातिर्थ गाविस–४ स्थित सुन्दर भन्ने सुरेन्द्रलाल श्रेष्ठको घरबाट हात्तीको दाह्राले बनाएको गमला ५ फिट ३ इन्चको १ थान र निजकै नैकाप स्थित श्याम हेण्डीक्राफ्ट पसलबाट सोही किसिमको गमला १ थान सहित पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको बताइएको छ ।

0 comments
Write Down Your Responses