• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • भुवन केसि राजधानिबाट चुनाव लड्ने सम्भावना

    १२ भदौ, काठमाडौं । 
    मंसिर ४ गतेको संविधानसभाको चुनावका लागि धेरै नेपाली कलाकारहरु चुनावमा उठ्न लागेका छन् । यस्तै परिचय बनाउने दौडमा लागेका छन् नायक भूवन केसी । संविधानसभा चुनावमा उम्मेदवार बन्ने तयारीका साथ विभिन्न कलाकारहरु यतिबेला माउ पार्टीसँग लबिङ गर्न व्यस्त छन् । नायक भुवन केसी पनि संविधान सभाको चुनावमा नेकपा एमालेका तर्फबाट प्रत्यक्ष उम्मेदवार बन्ने तयारीमा छन् । कलाकार केसीले काठमाण्डौको कुनै क्षेत्रबाट उम्मेदवार बनाउन पार्टीसमक्ष माग गरेका छन् ।
    अनलाइनखबरका पत्रकार विजय आवाजलाई बताए अनुसार भुवनले भने, ‘केही दिनमै थाहा हुनेछ, काठमाण्डौबाट उम्मेदवार बन्ने सम्भावना बढेको छ ।’ आफूजस्तो एउटा कलाकार संविधान सभासम्म पुगेको खण्डमा सिंगो सिने नगरीलाई पनि फाइदा पुग्ने भुवनको तर्क छ ।
    सिनेमा नगरीमा लामो समय बिताएका भूवन आफ्नो ख्यातीका कारण काठमाण्डौबाट चुनाव जित्ने सम्भावना बलियो रहेको बताउँछन् । सिनामंगलमा स्थायी घर भएका केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग यसअघि नै भेट पनि गरिसकेका छन् । नायक केसीलाई एमाले पार्टीले काठमाण्डौबाट उम्मेदवार बनाउने बिषयलाई गहन रुपमा लिएको उनको बुझाइ छ । काठमाण्डौमा अघिल्लो संविधान सभाको चुनावमा हार बेहोरेका कारणले पनि एमालेले केसीजस्ता लोकप्रिय कलाकारलाई उठाउने सम्भावना रहेको बताइन्छ । यसका लागि भुवन अहिले लबिङ गरिरहेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.