• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • इजिप्टमा एक महिनाको लागि आपतकालको घोषणा (फोटो फिचर सहित)

    ब्रेकर :– बिबिसीका एक सम्वाददाताले कम्तीमा पचासवटा शवहरु आफैले देखेको बताएका छन् ।
    बिबिसी 
    जिप्टमा सुरक्षा सैन्यले राजधानी कायरोस्थित सत्तच्युत गरिएका राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुका धर्ना शिविरहरु हटाउने क्रममा हिंसा चकिएपछि एक महिनाकालागि आपत्कालिन स्थीतिको घोषणा गरिएको छ । अधिकारीहरुले झण्डै नब्बे जनाको ज्यान गएको जनाएका छन् ।
    तर प्रदर्शनकारीहरुको समर्थन गर्ने मुस्लीम ब्रदरहुडले हताहतिको संख्या सैयौं भएको दावी गरेको छ । विरोध शिविरहरुमा बुलडोजरहरु सहित सुरक्षा कार्वाही हुंदा गोली चलेका आवाजहरु सुनिएका थिए । सुरक्षा सैन्यहरुले अश्रु ग्यास प्रहार गरेका थिए ।

    बिबिसीका एक सम्वाददाताले कम्तीमा पचासवटा शवहरु आफैले देखेको बताएका छन् । कार्वाही सुरक्षादलहरुले विरोध प्रदर्शनकारीहरुलाई हटाउने कार्वाहीका क्रममा आफ्ना दुईजना सदस्य मारिएका जनाएका छन् । रबा अल अदवीया मस्जीद बाहिर अवस्थित शिविरहरु नजीक रहेका बीबीसीका एकजना सम्बाददाताका अनुसार प्रदर्शनकारीहरुलाई हटाउन अशुरु ग्यासका अतिरिक्त गोली समेत प्रहार गरिएको थियो ।

    कायरो विश्वविद्यालय संगैको नाहदा धर्ना स्थल पहिले नै खाली गरिसकिएको बताइएको छ । सुरक्षा सैन्यको कार्वाहीलाई मोहम्मद मोर्सी समर्थक मुस्लीम ब्रदरहुडले आम नरसंहार भनेको छ र आफूहरुको विरोध जारी रहने जनाएको छ । कायरोमा सुरक्षा कार्वाही मोहम्मद मोर्सी समर्थकहरुका दुईवटा शिविरहरुमा सुरक्षा सैन्यले कार्वाही गरेको हो । यसअघि इजिप्टको गृह मन्त्रालयले विरोध प्रदर्शनकारीहरुको शिविरहरु हटाउन सुरक्षा सैन्यले आवश्यक सबै कदम चाल्ने बताएको थियो ।

    अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकले गत जुलाई तीन तारिखमा उनलाई पदच्युत गरिएदेखि नै नाहदा चोक र रबा अल अदविया मस्जिद अगाडी शिविर खडा गरि धर्ना दिइरहेका थिए । ती शिविरहरु खाली गर्ने कार्वाही जारी रहंदा शहरका विभिन्न भागबाट धुंवाको मुस्लो उडेको देखिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.