• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • नेपालि क्रिकेटर शरद भेसवाकरले नेपाली नागरिकता पाउने भए

    ५ असोज, काठमाण्डौं । लामो समयदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्दै आएका व्याट्सम्यान शरद भेसवाकरले बल्ल नेपाली नागरिकता पाउने भएका छन् । उनलाई नागरिकता दिनेबारे शुक्रबार गृहमन्त्रीस्तरीय निर्णय भएको हो ।नेपाल क्रिकेट संघका सल्लाहकार प्रकाश दाहालले गृहमन्त्री माधव घिमिरेलाई उदृत गर्दै भेसवाकरलाई नागरिकता दिनेबारे शुक्रबार निर्णय भएको बताए । ‘मलाई आजै (शुक्रबार) गृहमन्त्रीले फोन गरेर शरदलाई नागरिकता दिने निर्णय भएको जानकारी दिनुभयो,’ दाहालले भने, ‘बुबा (प्रचण्ड)लाई पनि उहाँले फोन गरेर भन्नुभएको रहेछ ।’ गृहमन्त्रालय श्रोतले पनि शरदलाई नागरिता दिने निर्णय भएको पुष्टि गरेको नयाँ पत्रिकामा खबर छ । ‘निर्णय भइसक्यो,’ श्रोतले भन्यो, ‘एक दुई दिनमा चिठी तयार हुन्छ ।’ आमा नेपाली भए पनि बाबु भारतीय भएकाले २४ बर्षका शरदले नेपाली नागरिकता पाउन सकेका थिएनन् । उनले नाबालकका रुपमा बनाएको पासपोर्ट लिएर अहिलेसम्म अन्र्तराष्ट्रिय म्याचहरुमा खेल्दै आएका छन् । सो पासपोर्टको म्याद सकिन खबर केही दिन मात्र बाँकी छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.