नेफ्टा अवार्ड मलेसियाको पुत्राजय हलमा हुने हल यस्तो छ
५ आश्विन, काठमाडौ । छैटौ नेफ्टा अवार्ड मलेसियामा आयोजना हुने भएपछि यसले नेपालि चलचित्र बजारमा तरंग नै पैदा गरिदिएको छ । नेफ्टा अवार्ड मलेसियामा रहेको पुत्राजाय हलमा हुने भएकालेपनि अवार्डको चर्चा चुलिएको छ । चलचित्रकर्मीहरु यो अवार्डलाई भव्य र सव्य बनाउन आ आफ्नो तबरले लागि रहेका छन् । नेपाल चलचित्र प्राविधिक संघले पहिलो पटक विदेशमा आयोजना गर्न लागेको अवार्डले नेपाली सिनेमालाई विश्व बजारमा पुर्याउन मद्धत गर्ने विश्वास धेरैको छ ।
मलेसियामा रहेको पुत्राजाय हलको बिषयमा पनि अहिले सर्वत्र चर्चा सुरु भइसकेको छ । करिब ३ हजार सिट क्षमताको यो हलमा नेपाली सिनेमाको भव्य अवार्ड हुन लागेकाले पनि चलचित्रकर्मीहरु हौसिएका हुन् । कुल ३१ विधामा प्रधान गर्न लागिएको यो अवार्डमा अधिकांश सिनेकर्मीहरु मलेसिया पुग्नेछन् । अवार्ड कार्यक्रममा नेपाली सिनेमाका पुराना देखि नयाँ कलाकारहरुको जमघट हुनेछ । कात्तिक २१ गते १ सय जनाको टोली मलेसिया प्रस्थान गर्ने चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन् । अवार्ड कार्यक्रम कात्तिक २३ गते हुने बताइएको छ ।.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses