• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मिसेस ग्लोबमा नेपालकी रजनिले ‘मिस फिलान्थ्रोपी’ उपाधि जितिन्

    १२ कात्तिक, काठमाडौं । मिसेस ग्लोबमा नेपालको प्रतिनिधित्व गरेकी रजनी थापाले ‘मिस फिलान्थ्रोपी’ उपाधि जितेकी छिन् । सोमबार चीनको सेन्जेनमा भएको ‘मिसेस ग्लोब’ मा ६३ देशका प्रतिनिधिहरुले भाग लिएका थिए ।
    मिसेज नेपालको दोस्रो संस्करणकी विजेता २६ वर्षे थापाले पहिलोपटक नेपालको प्रतिनिधित्व गरेकी हुन् । प्रतियोगिताको यो १८ औं संस्करण हो । कार्यक्रममा उनले ‘मै राम्री हुन’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्। उनी रक्षा नेपालकी सद्भावनादूत समेत हुन् । मिसेज नेपालको आयोजना इप्लानेटले गरेको थियो । नेपालको प्रतिनिधित्व गरेर पहिलोपटक प्रतियोगितामा सहभागी भएर अवार्ड जित्नु गौरवको कुरा हो,” इप्लानेटका सन्तोष सापकोटाले नागरिकलाई बताएका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.