• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • अनुपको निर्देशनबाट राजेश हमाल पहिलोपटक नाटकमा

    काठमाडौ, मंसिर ८ । महाअभिनेता राजेश हमालले पहिलोपटक नाटकमा अभिनय गरेका छन् । उनिद्धरा अभिनित पहिलो नाटक ‘कोर्ट मार्सल’ मंचन गरिएको छ । अनुप बरालद्धरा निर्देशित नाटकलाई राजधानीको थिएटर भिलेजमा गत शुबारदेखि मंचन गरिएको छ । अभिनेता हमाललाई सैनिक न्यायाधीशको रुपमा अभिनित नाटकमा अभिनेता दयाहाङ राई, बीएस राणा, अभिनेत्री दिया मास्के, कर्मा, सुवास थापा लगायतले अभिनय रहेको छ ।
    भारतीय प्रसिद्ध लेखक स्वदेश दीपकद्धारा लिखित सो नाटकले सेनाको तल्लो दर्जाका रामबहादुरले माथिल्लो दर्जाका अफिसरको हत्या र अर्को अफिसरलाई घाइते बनाएको आरोपमा भएको कोर्ट मार्सलको कथा पेश गरेको छ । यो नाटकलाई दीपकको सबैभन्दा राम्रो नाटक मानिन्छ । दक्षिण एसियाका देशहरुमा चार हजारभन्दा बढी पटक नाटक मंचन गरिएको जनाइएको छ । निर्देशक बरालका अनुसार भारतीय सैनिक भित्र भएको जातिय विभेद र पदको दुरुपयोगमा लेखिएको सो नाटकले नेपालको सैनिक पाटोलाई पनि सम्बोधन गर्ने जनाएका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.