• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जहा छन् संगितका आखाँ, त्यहा स्वर सम्राट

    -विशाल राई
    काठमाडौ, १९ मंसिर । नेपाली साङ्गितिक क्षेत्र अहिलेको अवस्था सम्म आईपुग्न धेरै संगितसंग आवद्ध गायक, गायिका, संगितकार गितकार तथा धेरै कलाकारहरुको उत्तिकै योगदान रहेको छ । तर नेपाली साङ्गितिक क्षेत्रका लागि भने स्वर सम्राट नारायण गोपालको भने उल्लेख्य योगदान रहेको छ । स्वर सम्राट नारायण गोपाल मरेर गएको अहिले २३ वर्ष भइसकेको छ । तरपनि उहाको स्वरले अहिलपनि नेपाली साङ्गितिक क्षेत्रमा उत्तिकै अमर बनेर छाईरहेका छन् । उहाँ हामीमाझ नभए पनि उहाको मिठास र फरक स्वरवद्ध गितहरुले अहिलेपनि हाम्रो मन मस्तिष्क तथा हाम्रो ढुकढुकी बनेर बसिरहेको छ । हिजो बुधवार स्वर सम्राटको २३ औ स्मृतिदिवस परेके थियो । उहाले हिजोकै दिन १९ मंसिर ०४७ सालमा नेपाली साङ्गितिक क्षेत्रसंगै यो धर्ति सधैका लागि त्यागेका थिए । तर उहाले यस धर्ति र नेपाली साङगितिक क्षेत्रलाई छाडेपनि उहाका कालजयी गितहरु भने अहिलेसम्म हामीमाझ बाचिरहेका छन् ।
    नेपाली साङ्गितिक क्षेत्रमा आधुनिक गीतको स्वणिर्म युग भित्रयाउने स्वर सम्राट नारायण गोपाल वास्तवमै एक नक्षत्रका रुपमा नेपाली संगीतमा उदाएका थिए र उदाइरहेका छन् । स्वर सम्राट नारायण गोपाललाई भारतको संगितमै बसेर गीत गाउने अवसर आउँदापनि नेपाली छोरो भएकाले नेपालीपन र नेपाली मनको स्वाभिमानमा अडिग रहेर नेपाली साङ्गितिक क्षेत्रमै योगदान पुर्‍याउने अठोट लिए । जस कारण स्वर सम्राट गापालले नेपाली साङ्गितिक क्षेत्रमा एउटा अमिट छाप छोड्न सफल भए । त्यसैले नेपाली साङ्गितिक क्षेत्रमा उहाँ मरेर गएपनि हरेक नेपाली संगितका फ्यानहरु माझ बाँचिरहेका छन् । स्वर सम्राटले जतिपनि गीतहरु गाए ती अहिलेसम्म प्राय सबै कालजयी बनेर गुन्जिरहेका छन् । उनका गीत सुनेर प्रेरणाका श्रोत मान्नेहरुपनि धेरै गायक, गायिका छन् ।
    नेपाली साङ्गितिक क्षेत्रमा रहेर स्वर सम्राट नारायण गोपालले वि.स २०१६ सालदेखि २०४५ सालसम्म करिव २९ वर्षसम्म लगातार योगदान गरिरहे । उहाले नेपाली संगितको हरेक विधामा स्वर दिएरपनि भर्सस्टाईल कलाकारको रुपमा अहिलेपनि परिचित रहेका छन् । नेपाली संगितका विधाहरु आधुनिक, पप आधुनिक, लोक आधुनिक र पाश्र्व गायन तथा अन्य धेरै विधामा उहाको स्वरहरु सुन्न पाईन्छ ।
    स्वर सम्राट नारायण गोपालको हिजो बुधवारको दिन स्मृति दिवसको अवसरमा नेपालभरी नेपाली साङ्गितिक क्षेत्रमा लाग्ने कलाकारहरुले मात्र नभएर उहाँको स्वर मनपराउने फ्यानहरुले समेत कार्यक्रमको आयोजना गरे । यस्तो परम्पराले अझ पछिल्लो आउने संगितका पुस्ताहरुलाईपनि एउटा योगदान दिएका कलाकारलाई सम्मान गर्नपर्छ भन्ने सन्देश दिएको छ ।
    स्वर सम्राट नारायण गोपालका केहि चर्चित गितहरु :
    १. एउटा मान्छेको मायाले कति
    २. मेरो प्यारो ओखलढुङ्गा
    ३. इश्वर तैले
    ४. हे कान्छा ठट्टैमा
    ५. यति धेरै माया दिई
    ६. जहा छन् बुद्धका आखा
    ७. जुन फुल मैले चाहेको थिए
    ८. म त लालिगुरास भएछु
    ९. पर्खिबसे आउला भनी
    १०. प्रियसीका याद
    ११. यो सम्झने मन छ
    १२. दुईटा फुल देउरालीमा
    १३. झरेको पात झै


    पछिल्लो समयमा सामाजिक सञ्जालको माध्ययम सजिलो भएकाले स्वर सम्राटलाई सम्झने फ्यानहरु सामाजिक सञ्जालमापनि उत्तिकै भेटिए । त्यसमध्ये केहि कलाकार तथा पत्रकारको फेसबुक स्टाटस यहा प्रस्तुत छ :
    राजु सिँह (वरिष्ठ संगितकार) : नेपाली साङ्गितिक क्षेत्रका स्वर सम्राट, जस्ले नेपाली संगितमा गित, संगितकार मात्र नभई नेपाली संगित श्रोता, दर्शक, पाठक, मिडिया, समेतको र सम्पुर्ण नेपालीको ढुकढुकी गायक स्वर सम्राट नारायण गोपालको स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धा सम्मान अर्पण गर्दछु । हामि सम्पुर्ण नेपालीले उहाको सपना पुरा गर्न उत्कृष्ठ रचना, संगित तथा स्वर साधना तपस्या गरेर प्राप्त गर्नुपर्छ, जस्तो लाग्छ । स्वर सम्राट नारायण गोपाल ज्युमा श्रद्धा सम्मान ।
    राजेश पायल राई (गायक) : स्वर सम्राट नारायण गोपाल प्रति सलाम । 
    शिव परियार (गायक) :
    केहि मिठो बातगर रात तेसै ढल्किदै छ !
    भरे फेरी एकान्तमा रुनु त छदै छ !

    रमाइलो कुरा गर सपनाको कुरा गर
    संग संगै बिताएको सम्झनाको कुरा गर
    दुख छोड दुखलाई त जिन्दगानी छदै छ
    भरे फेरी एकान्तमा रुनु त छदै

    आउ नाचौ अँध्यारोमा जुनकिरी नांचे जस्तै
    बतासमा उडौ आज सिमलको भुवा जस्तै
    दुइ कदम साथ हिडौं छुटिनु त छदै छ
    भरे फेरी एकान्तमा रुनु त छदै छ ।।
    नेपाली संगीतका स्वर सम्राट नारायण गोपालज्युको आज २३ पुण्यतिथि,एउटा गायक अनि श्रोता दुबैका नाताले जिदगीमा यो मखमली आवाज कहिले बिर्सन सक्दिन † मलाई लाग्दछ सम्पूर्ण नेपालीहरुका ढुकढुकीमा पनि यस्तै यत्तिकै नमेटिने छाप छ । उहाको यो जादुगरी स्वरको, उहा को शब्द चयन ,संगीत चयनबाट धेरै कुरा सिक्न पाएको छु बुझ्न पाएको छु ,नेपालका मेरा आदर्स गायक नारायण गोपालज्यु प्रति हृदय देखिनै हादिर्क श्रादा सुमन अर्पण गर्दछु !

    डिबी खड्का (रंग पत्रकार) : एउटा मान्छेको मायाले कति फकर पार्दछ जीन्दगीमा...
    यो चाहिँ मेरै लागि गाएका थियौ कि क्या हो बुढा, हामीले फेरी सझियौ ।।

    My Blogger Tricks
    blogger

    1 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.