• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ३ महिलाद्धरा गुप्तांगमा राखेर सुन तस्करी

    काठमाडौं, ६ माघ । तिन महिलाबाट गुप्तांगमा राखेर सुन तस्तकरी गरिएको सार्वजनिक भएको छ । खासगरी नेपाल–चीन नाका खासाबाट अवैध रपमा भित्राइएका सुन प्रहरीले धमाधम बरामद गर्न थालेपछि तस्कर गिरोहले महिलाको गुप्तांगमा राखेर तस्करी थालेको तथ्य फेला परेको खबर आजको राजधानी राष्ट्रिय दैनिकले छापिएको छ ।
    महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार राति विशेष सुराकीका आधारमा तीन महिलाको भित्री अंग गुप्तांगबाट ५४ तोला सुनसहित उनीहरलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलासा भएको हो । अरनिको राजमार्गअन्तर्गत भक्तपुर चित्तपोल–५ बाट शनिबार राति उनीहरलाई प्रहरीले पक्राउ गरेको थियो । सुन भरियाहरु धमाधम पक्राउ पर्न थालेपछि तस्कर समूहले सो जुक्ति अपनाउन थालेको हो । रातको समयमा भाडाका गाडी प्रयोग गरी तस्करले महिलालाई माध्यम बनाएर संवेदनशील अंगमा लुकाई सुन तस्करी थालेको प्रहरीले जनाएको छ ।
    तातोपानी खासाबाट बा७च ३४१९ नम्बरको भाडाको सवारी साधनमा सवार महिलाले शरीरका भित्री भागमा अवैध सुन लुकाई ल्याएको विशेष सुराकीका आधारमा चेकजाँच गर्दा सुनसहित पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रमेश थापाले जानकारी दिए । अरनिको राजमार्ग सडकखण्डअन्तर्गत भक्तपुरमा तातोपानीबाट आइरहेको गाडीमा सवार यात्रुहरलाई चेकजाँच गर्ने क्रममा ५४ तोला ६५ लाल अर्थात् ६ सय ३७ ग्राम अवैध सुन बरामद भएको प्रवत्ता थापाले बताए । चेकजाँचका क्रममा उनीहरको साथबाट सात थान सुनका सिक्रीसहित सो परिमाणको सुन बरामद गरिएको हो । प्रवक्ता थापाका अनुसार सिन्धुपाल्चोक राम्चे–१ बस्ने ३५ वर्षीया उमिर्ला तामाङको साथबाट चार थान, इलाम चमैता–६ बस्ने ३० वर्षीया वन्दना राईको साथबाट दुई थान र सिन्धुपाल्चोक मांखा–५ बस्ने १७ वर्षीया भवना लामाको साथबाट एक थान गरी सात थान सिक्री बरामद गरिएको हो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.